ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाको टिकटकमा भाइरल जेल रेष्टुरेन्ट प्रशासनले बन्द गरायो


ABC NEWS

 

बुटवल १० माघ । रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।

आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो ।

एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्महत्या गर्न प्रयोग गरिने ९पासो० नाइनलको डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

उक्त रेष्टुरेन्टमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा आलोचित बनेपछि स्थानीयको गुनासोको आधारमा प्रशासनले सोमबार साँझ रेष्टुरेन्टको अनुगमन गरी बन्द गराएको हो ।

‘रेष्टुरेन्ट सञ्चालनको उद्देश्य उपभोक्तालाई गुणस्तरीय खाना खाजा खुवाउने र कानुनले छुट दिएको मनोरन्जनयुक्त वातावरण दिने हो तर यो रेष्टुरेन्टले समाज र आमनागरिकमा गलत सन्देश दिने र गलत बाटोमा जान प्रेरित गर्ने खालका संरचना, दृश्य र सामानहरु राखेको पाइएकाले बन्द गराइएको हो,’ अर्यालले भने, ‘रेष्टुरेन्ट सञ्चालकलाई आज बोलाएका छौं, छलफलपछि कानुनअनुसार थप निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com