काठमाडौं, ६ माघ । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।
लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ ।जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्