ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट ३० हजार मेट्रिकटन गहुँ आयात गर्न २४ उद्योगलाई अनुमति


ABC NEWS
माघ ५, २०७९ बिहीबार  ८ : २३ बजे

 

काठमाडौं ५ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मैदा उद्योगहरुले आर्थिक वर्ष २०७७र७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगहरुलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा विवरण गरिएको केसीले बताइन् । ‘पहिलो चरणमा हामीले २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयात अनुमति दिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छौं,’ सहप्रवक्ता केसीले भनिन्, ‘मैदा उद्योगहरुको गरेको सिफारिसको आधारमा उत्पादन हेरेर कोटा सिफारिस गरिएको हो ।’

मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिकटनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबै भन्दा धेरै मैदा आयातको अनुमति रुपन्देहीको घराना फुड्सले पाएको छ । यो उद्योगले २ हजार ३७५ मेट्रिकटन गहुँ आयातको कोटा पाएको छ । यस्तै सबै भन्दा कम गहुँको कोटा जय श्री फ्लोर मिल्स रुपन्देहीले पाएको मन्त्रालयले जनाएको छ । यो उद्योगले जम्मा ८२ मेट्रिकटन गहुँ आयातको अनुमति पाएको छ ।

बाँकी रहेको २० हजार मेट्रिकटन कोटाको गहुँ आयातका लागि थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा माग भएर आएका सबै उद्योगलाई दामासाही भाग लगाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । आयात अनुमति सिफारिस भएको उद्योगहरुले आगामी चैत दोस्रो सातासम्म ती गहुँ आयात गरिसक्नु पर्ने छ ।

रुस युक्रेन युद्धका कारण विश्व आपूर्ति शृखंला बिग्रिए पछि गत जेठमा सम्भावित भोकमरीको आंकलन गर्दै भारतले खाद्य वस्तु निर्यातमा रोक लगाउन सुरु गरेको थियो ।

सोहीअनुसार भारतले जेठमा गहुँ निर्यातमा रोक लगाएको थियो । गहुँको आयात रोकिए पछि नेपाली मैदा उद्योगहरु मारमा परेपछि सरकारले भारतलाई गहुँको आयात खोल्न आग्रह गरेपछि भारतले निश्चित परिमाणमा गहुँको कोटा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com