ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रबि लामछिानेका उपसभापति म्यानपावरका कर्मचारी डोलप्रसाद श्रममन्त्री विवादैविवादमा


ABC NEWS
माघ ४, २०७९ बुधबार  ९ : ०२ बजे

 

काठमाडौं ४ माघ । श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुन नपाउँदै विवादमा आएका थिए । तर सभापति रबि लामिछानेले उनैलाई काखी च्यापेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डोलप्रसादलाई श्रम मन्त्रालयको जिम्मा दिएपछि स्वार्थ बाझिएको भन्दै उनको विरोध भएको हो।

म्यानपावर कम्पनीका कर्मचारी डोलप्रसादले श्रमिकको हितमा काम गर्न नसक्ने भन्दै उनको विरोध भएको हो। डोलप्रसादले चर्को रकम असुलेर जापानमा श्रमिक पठाउँदै आएका थिए। उनैलाई रास्वपाले श्रम मन्त्रालयको जिम्मा दिएको छ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरुलाई नियमन गर्दै श्रमिकको हितमा काम गर्नुपर्छ। तर हिजो तिनै श्रमिकसँग रकम उठाउने र म्यानपावरमा काम गर्ने डोलप्रसादले त्यो जिम्मा पाएका छन्।

उनी आबद्ध म्यानपावरले भदौमा पनि नेपाली श्रमिकलाई जापान पठाएको पाइएको छ।

रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने उनको रेमिट्यान्स कम्पनीका ब्रान्ड एम्ब्यासडर हुन्। लामिछानेलाई एम्ब्यासडर बनाएका डोलप्रसादलाई रास्वपामा समानुपातिकमा खस आर्यतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाइएको थियो।

पाँच वर्षअघि रवि एक कार्यक्रममा जापान जाँदा उनीहरूबीचको सम्बन्ध थप घनिष्ठ बन्न पुग्यो। त्यसपछि, अर्यालले लामिछानेलाई आफ्नो रेमिट्यान्स कम्पनी इजी लिंकको ब्रान्ड एम्बेस्डर बनाए। रास्वपा गठनमा उनी लामिछानेसँगै सक्रिय बने।

रास्वपाले श्रम मन्त्रालय पाएपछि पार्टीभित्र वैदेशिक रोजगारका जानकार भन्दै डोलप्रसादलाई श्रममन्त्री बनाइएको थियो। उनी विवादमा आएसँगै श्रृष्टि म्यानपावर कम्पनीले अहिले वेबसाइट नखुल्ने बनाएको छ। मंगलबारसम्म उनको नाम वेबसाइटमै उल्लेख थियो र खुलिरहेको थियो।

 

श्रममन्त्री भएपछि म्यानपावर कम्पनीमा जोडिएको भन्दै विरोध भएपछि वेबसाइट नखुल्ने बनाइएको छ। श्रृष्टि म्यानपावर कम्पनीको फेसबुक पेज भने अहिले पनि खुलिरहेको छ। नागरिकता विवादमा मुछिएका रवि लामिछाने सोही विषय छानबिन गरिरहेको मन्त्रालयमा र म्यानपावरका कर्मचारी डोलप्रसाद पनि सोही विषय जोडिएको श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा दुवै विवादमा परेका हुन्।

आफ्नो विरोध भएपछि डोलप्रसादले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियानका क्रममा ‘जान्नेलाई छान्ने’ नारा बनाएको थियो। पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेकाले अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको प्रवक्ता मुकुल ढकालले बताए।

‘पार्टीले विज्ञताका आधारमा मन्त्री छान्ने निर्णय गरेको थियो। श्रम तथा रोजागार क्षेत्रमा उहाँका काम र क्रियाशीलता हेरेरै उहाँलाई मन्त्री बनाइएको हो,’ ढकालले भने।

१५ वटाभन्दा बढी पेसा र व्यवसायमा संलग्न रहेको डोलप्रसादले स्वीकार गर्दै आफ्नो स्वार्थ नबाझिने क्षेत्र नै नरहेको बताएका छन्।

‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन,’ डोलप्रसादले फेसबुकमा लेखेका छन्।

साथीहरुले म्यानपावर कम्पनीको इन्टरनेसनल मार्केटिङ डाइरेक्टरको पद लेखिदिए पनि हटाउन भुलेको उनको जवाफ छ। म्यानपावर कम्पनीमा आफ्नो लगानी नभएको उनको दाबी छ।
कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटल व्यवसाय, क्याटरिङ व्यवसाय लगायतमा आवद्ध रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com