ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसको सभामुखमा एमालेका मण्डल निर्वाचित, लोसपा समेत ८ दलको समर्थन


ABC NEWS

 

जनकपुर ३ माघ । मधेस प्रदेशको सभामुखमा एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मण्डललाई सत्ता गठबन्धनका ८ दलको समर्थन छ। उनलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले पनि मत दिएका थिए ।

 

धनुषा क्षेत्र नं.१ को २ बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचित मण्डल ७४ मत पाएर सभामुखमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जंगीलाल रायले २९ मत पाए । रायलाई कांग्रेस र नेकपा ९एस० का सांसदहरुले मत दिए।

१ सय ७ जना सांसद रहेको मधेस प्रदेशसभाको मंगलबारको बैठकमा १ सय ३ जना सांसदको उपस्थिति थियो । सभामुखमा एमालेका मण्डललाई निर्वाचित गर्न माओवादी९केन्द्र०का संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा एमालेका संसदिय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र जसपाका सांसद रामआशिष यादवले समर्थन जनाएका थिए ।

यस्तै, कांग्रेसका सांसद जंगीलाल रायलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद कुमरकान्त झाले प्रदेशसभाको बैठकमा पेस गरेका थिए भने कांग्रेस सांसद जिवछीकुमारी यादवले समर्थन जनाएकी थिइन् ।

को हुन् मण्डल ?

मधेस प्रदेशको सभामुखमा निर्वाचित भएका मण्डल प्रदेशसभाको पहिलो कार्यकालमा माओवादी९केन्द्र०बाट निर्वाचित भएका थिए ।
अध्यापन पेशामा रहेका मण्डल माओवादीको जनयुद्धकालमा भूमिगत भएका थिए । माओवादीको धनुषा जिल्ला नेतृत्वसमेत सम्हालिसकेका मण्डल नेकपा विभाजन हुँदा एमालेमै बसिरहे । त्यसपछि उनलाई माओवादी९केन्द्र०ले प्रदेशसभा सांसद पदबाट निलम्बनसमेत गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा मण्डल एमालेबाट उम्मेदवार भएर चुनाव जितेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

बाघ हेर्न गाभर भ्याली होमस्टे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com