ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानोदयका विद्यार्थीले बनाए रोबोर्ट


एबीसी न्यूज
पुस २९, २०७९ शुक्रबार  ५ : ४२ बजे

काठमाडौं, २९ पुस ।  ज्ञानोदयका अब्बल विद्यार्थीहरुले आफ्नो प्रोजेक्टवर्क मार्फत Obstacle Avoiding Robot बनाएका छन । बाफल स्थित ज्ञानोदय मावीका कम्प्युटर विद्यार्थीहरु मौसम सापकोटा, असिम बलामी, बिस्वोदिप शर्मा, सम्भब कुमार कर्नले संयुक्त रुपमा Obstacle Avoiding Robot  बनाएका हुन । विद्यार्थीहरुले उक्त कारलाई ब्लुतुथ बाट चल्ने बनाएका छन ।

गाडीलाई मोबाइलबाट र आफै अटो मोड मा चलाउन सकिन्छ । विद्यार्थीहरुले आफ्नो घरमा ग्याँस लिक भयो भने उक्त कारबाट आफूलाई फोन आउने सुविधा राखेका थिए भने घर अथवा वातावरणको तापक्रम तथा हिउमिडिटी थाहा पाउने सुविधा समेत उक्त कारमा राखेका थिए । एक घण्टा चार्ज गर्दा कम्तिमा ६ देखि ७ घण्टा गुड्ने उक्त गाडी विद्यार्थीहरुले घरमा बसेर आफ्नो मोबाइल वा ल्यापटपबाट चलाउन मिल्ने बनाएका छन ।

करिब ४० वटा विद्यालय र अन्य नगरपालिका बिच भएको प्रतिस्पर्धामा विद्यार्थीहरुले बनाएको उक्त प्रोजेक्टले प्रथम स्थान पायो । नगरमा जितेपछि विद्यार्थीहरुले काठमाडौं नगरपालिका लाइ प्रतिनिधित्व गर्दै जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा ज्ञानोदय अर्थात काठमाडौ नगरपालिका ले जिल्लाबाट पनि प्रथम स्थान हाँसिल ग¥यो । आफ्नो कारको नाम ग्यानी रोभर राखेका विद्यार्थीहरु जस्मा ग्यानी ले ज्ञानोदय लाई प्रतिनिधित्व गर्दै थियो भने रोभर ले रोबट्लाइ । जिल्लास्तरीय प्रतियोगितामा काठमाडौ नगरपालिकाले जितेपछी अब काठमाडौ जिल्लालाई प्रतिनिधित्व गर्दै विद्यार्थीहरु प्रदेश मा जाँदै छन । यस्तै, पुल्चोक इन्जिनियरिङ क्यामपसमा आयोजित MechTRIX–2079 (कलेज लेवलको) विज्ञान प्रदर्शनि कार्यक्रममा ज्ञानोदय मा. वि. का विद्यार्थीहरुले दोस्रो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com