काठमाडौं, २९ पुस । ज्ञानोदयका अब्बल विद्यार्थीहरुले आफ्नो प्रोजेक्टवर्क मार्फत Obstacle Avoiding Robot बनाएका छन । बाफल स्थित ज्ञानोदय मावीका कम्प्युटर विद्यार्थीहरु मौसम सापकोटा, असिम बलामी, बिस्वोदिप शर्मा, सम्भब कुमार कर्नले संयुक्त रुपमा Obstacle Avoiding Robot बनाएका हुन । विद्यार्थीहरुले उक्त कारलाई ब्लुतुथ बाट चल्ने बनाएका छन ।
गाडीलाई मोबाइलबाट र आफै अटो मोड मा चलाउन सकिन्छ । विद्यार्थीहरुले आफ्नो घरमा ग्याँस लिक भयो भने उक्त कारबाट आफूलाई फोन आउने सुविधा राखेका थिए भने घर अथवा वातावरणको तापक्रम तथा हिउमिडिटी थाहा पाउने सुविधा समेत उक्त कारमा राखेका थिए । एक घण्टा चार्ज गर्दा कम्तिमा ६ देखि ७ घण्टा गुड्ने उक्त गाडी विद्यार्थीहरुले घरमा बसेर आफ्नो मोबाइल वा ल्यापटपबाट चलाउन मिल्ने बनाएका छन ।

करिब ४० वटा विद्यालय र अन्य नगरपालिका बिच भएको प्रतिस्पर्धामा विद्यार्थीहरुले बनाएको उक्त प्रोजेक्टले प्रथम स्थान पायो । नगरमा जितेपछि विद्यार्थीहरुले काठमाडौं नगरपालिका लाइ प्रतिनिधित्व गर्दै जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दा ज्ञानोदय अर्थात काठमाडौ नगरपालिका ले जिल्लाबाट पनि प्रथम स्थान हाँसिल ग¥यो । आफ्नो कारको नाम ग्यानी रोभर राखेका विद्यार्थीहरु जस्मा ग्यानी ले ज्ञानोदय लाई प्रतिनिधित्व गर्दै थियो भने रोभर ले रोबट्लाइ । जिल्लास्तरीय प्रतियोगितामा काठमाडौ नगरपालिकाले जितेपछी अब काठमाडौ जिल्लालाई प्रतिनिधित्व गर्दै विद्यार्थीहरु प्रदेश मा जाँदै छन । यस्तै, पुल्चोक इन्जिनियरिङ क्यामपसमा आयोजित MechTRIX–2079 (कलेज लेवलको) विज्ञान प्रदर्शनि कार्यक्रममा ज्ञानोदय मा. वि. का विद्यार्थीहरुले दोस्रो स्थान हासिल गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्