ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरुले नाफासँगै सामाजिक उत्तरदायित्व भुल्न हुँदैनः राष्ट्रपति भण्डारी


ABC NEWS
पुस २४, २०७९ आईतबार   ३ : ४२   बजे

 

काठमाडौँ २४ सांसद । राष्ट्रपति विद्यादेवी भण्डारीले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी छन् । लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उनले आग्रह गरिन् । बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ,’ उनले भनिन्, ‘यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’ स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने उनको भनाइ थियो । केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उनले आग्रह गरिन् । ‘समस्या समाधानका लागि सरकारले सहयोग गर्न जरुरी छ,’ उनले भनिन्,‘सरकार र निजी क्षेत्र एक अर्काको परिपुरक बन्नु पर्छ ।’

पूर्व अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो एक दशकमा वित्तीय प्रणालीमा तीव्र विकास भएको बताए । नेपालको वित्तीय प्रणाली मजबुत र सुरक्षित रहेको पनि उनको दाबी छ। ‘पछिल्ला महिनाहरुमा डिजिटल बैंकिङमा पनि धेरै प्रगति भएको छ,’ उनले भने, ‘लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेका छन् । वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेको छ । सानो निक्षेप बीमा कार्यक्रमले महत्त्वपूर्ण काम गरेको छ । कृषि क्षेत्रमा जाने कर्जा बढेको छ । पुँजीवृद्धिको कारण बैंकहरु लगानी गर्न सक्षम भए ।’

अझै पनि वित्तीय प्रणालीमा मूल्य स्थिरता, वाहृय क्षेत्र र वित्तीय स्थिरता कायम गर्नुपर्ने चुनौति कायमै रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group