ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकहरुले नाफासँगै सामाजिक उत्तरदायित्व भुल्न हुँदैनः राष्ट्रपति भण्डारी


ABC NEWS

 

काठमाडौँ २४ सांसद । राष्ट्रपति विद्यादेवी भण्डारीले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी छन् । लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उनले आग्रह गरिन् । बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ,’ उनले भनिन्, ‘यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’ स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने उनको भनाइ थियो । केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उनले आग्रह गरिन् । ‘समस्या समाधानका लागि सरकारले सहयोग गर्न जरुरी छ,’ उनले भनिन्,‘सरकार र निजी क्षेत्र एक अर्काको परिपुरक बन्नु पर्छ ।’

पूर्व अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो एक दशकमा वित्तीय प्रणालीमा तीव्र विकास भएको बताए । नेपालको वित्तीय प्रणाली मजबुत र सुरक्षित रहेको पनि उनको दाबी छ। ‘पछिल्ला महिनाहरुमा डिजिटल बैंकिङमा पनि धेरै प्रगति भएको छ,’ उनले भने, ‘लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेका छन् । वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेको छ । सानो निक्षेप बीमा कार्यक्रमले महत्त्वपूर्ण काम गरेको छ । कृषि क्षेत्रमा जाने कर्जा बढेको छ । पुँजीवृद्धिको कारण बैंकहरु लगानी गर्न सक्षम भए ।’

अझै पनि वित्तीय प्रणालीमा मूल्य स्थिरता, वाहृय क्षेत्र र वित्तीय स्थिरता कायम गर्नुपर्ने चुनौति कायमै रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com