ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद माओवादी प्रवेश


एबीसी न्यूज
पुस २०, २०७९ बुधबार  ११ : ४६ बजे

काठमाडौँ — लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभा सदस्य पुनमगरलाई पार्टी प्रवेश गराएका हुन् । पुनमगरले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पाबाट पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

माओवादीले रोल्पा (२)बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसमा अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।

पुनमगरले माओवादी अध्यक्ष दाहाललाई आत्मालोचना पत्र बुझाएर पुनः पार्टी प्रवेश गरेका हुन् । उनले पत्रमा लेखेका छन्, ुपार्टीको पोलिटब्युरो सदस्य र रोल्पा इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उम्मेदवार बनेकोमा पार्टीले पनि सबै जिम्मेवारीबाट निष्कासन गरेकाले म पुनः पार्टीमा फर्केर पार्टीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनबाट रोल्पा प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन उम्मेदवार बनेर निर्वाचित भएका थिए । प्रदेश सभातर्फ भने माओवादीका जोखबहादुर महरा र स्वतन्त्र उम्मेदवारी दिएका पुनमगर निर्वाचित भएका थिए । प्रदेश सभामा पराजित गठबन्धनका उम्मेदवार पुन कांग्रेस लुम्बिनी प्रदेशका सभापति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com