ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई छोराको रहस्यमय मृत्युपछि एकल महिला कुर्मी वर्षौदेखि बेपत्ता, प्रमाण नष्ट हुने जोखिम समेत बढ्दै (भिडियोसहित)


ABC NEWS
पुस १९, २०७९ मंगलबार   ११ : ५८   बजे

काठमाडौं, १९ पुस ।

प्रहरीको रेकर्डमा नेपालगञ्जका भनिएकी एकल महिला निर्मला कुर्मी वि.सं. २०७५ यता बेपत्ता छिन् । पिडित कुर्मीका श्रीमान्को वि.सं. २०६६ मा मृत्यु भएको थियो । त्यसपछि निर्मलाको घर र साढे चार बिगाहा जमिन हडप्न एक गिरोह सक्रिय बन्यो । श्रीमान् बितेकै साल उनका दुई छोराहरु १८ वर्षिय रामसागर र १४ वर्षिय सुरेशको दश महिनाको अन्तरालमा शंकास्पद मृत्यु भयो । तर, यस घटनाको कुनै उजुरी परेन, छानबिन भएन । बरु, यस घटनामा संलग्न भनिएका संविधानसभा सदस्य समेत रहेका बादशाह कुर्मीले उनको जग्गाको कागज र नागरिकता कब्जामा लिएर उनको सम्पत्ति हडप्ने प्रपञ्च रचेका थिए । त्यसपछि निर्मलाले कुर्मीविरुद्व वि.सं.२०६८ असोज ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसयता पिडित कुर्मी बेपत्ता छिन् । तर महिला अधिकार मञ्च बाँकेले पिडितको अपहरणपछि हत्या भइसकेको दाबी गर्दै आएको छ । यसको नेतृत्व अधिकारकर्मी रुबी खाने गर्दै आएकी छिन् ।

अधिकारकर्मी खानका नेतृत्वमा केही महिलाहरु यसअघि पनि बाँकेबाट २० दिनसम्म पैदल हिडेर काठमाडौंमा धर्ना दिन आएका थिए । सहमति बमोजिम कारबाही अघि नबढेपछि फेरी ४३ दिनसम्म काठमाडौंमा धर्ना एवम् अनसन दिए । सो समय मानव अधिकारकर्मी लगायत तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रतिबद्वता जनाएका थिए । आन्दोलनपछि निर्मलाको अपहरण र हत्यामा बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गतको प्रदेशसभा २ का सांसद बादशाह कुर्मीसहित ८ जनाविरुद्व मुद्दा दर्ता गरेर प्रहरीमा अनुसन्धान भइरहेको छ । मुद्दा अदालत पुगेर थप अनुसन्धान हुनुपर्ने माग उनीहरुको छ । भएका प्रमाण समेत नष्ट गर्न थालिएकोप्रति उनीहरुले दुखेसो व्यक्त गरे ।

गाउँले र अधिकारकर्मीले खोजी गर्दा निर्मलाको हत्या वि.सं. २०७६ चैत १४ गते भारतम भएको भन्ने शंकास्पद सूचना प्राप्त भएपछि महिलाहरु आन्दोलनमा उत्रेका थिए । यता सडकमा उत्रेका महिलाहरु आफूपनि असुरक्षित भएको महसुस गर्दै आएका छन् । यसअघि सञ्चारमाध्यममा पिडित कुर्मीको न्यायका लागि पहल गरिने बताउदै आएका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने भएका कारण केही आशा पलाएको अधिकारकर्मीको भनाइ छ ।

बाँकेबाट आएका महिला अधिकारकर्मीहरु काठमाडौंको कलंकीमा डेरामा बस्दै आएका छन् । पुसयामको कठ्याङ्ग्रिदो जाडोमा पैदल यात्रा गरेर माइतीघर मण्डला आइपुग्ने गरेका छन् । माइतीघरको सडकमा एकसरो कार्पेटमा बस्दै न्यायको माग गरेका छन् । केही सांसद र अधिकारकर्मीले उनीहरुलाई भेटेका छन् । तर, न्याय पाउने आश भने उनीहरुमा पलाएको छैन । शान्ति, सुशासन, न्याय एवम् समानता र स्वतन्त्रताको खरोसँग वकालत गर्ने लामिछाने आफै गृह मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । पिडितले न्याय प्राप्ति गर्नका लागि सम्बन्धित पक्षले गम्भिरतापूर्वक चनाख हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group