ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा यो वर्ष अहिलेसम्मकै चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस


एबीसी / संवाददाता
पुस १३, २०७९ बुधबार  ७ : ५० बजे

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस देखिएको हो।

हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

अहिले बिहान ८ः४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ।

मौसमविद् प्रधानांगका अनुसार आज प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने सम्भावना छ।

यस्तो छ ३ दिनको मौसम अनुमान
मौसम विश्लेषण स् हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

हाल मौसमको अवस्था स् देशको प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

पुस १३ गते बुधबार
दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १४ गते बिहीबार
दिउँसो ː प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १५ गते शुक्रबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

स्रोत– मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com