काठमाडौं, ११ पुस । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो औपचारिक बैठकमा मन्त्रीहरु सबैको कार्य विभाजन नभएकाले अरु विस्तृत निर्णय गर्ने एजेण्डा छैनन् । यो सामान्य परिचयात्मक बैठयकमात्र भएको बताइएको छ ।
आज प्रधानमन्त्रीसहित ८ जना मन्त्रीहरुले सपथ लिएका छन् । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।
नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।
यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ ।
प्रतिक्रिया दिनुहोस्