काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारले हिजो मात्र ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने र भूकम्प पीडितका लागि थप एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
कामचलाउ सरकारले नियुक्ति र सस्तो लोकप्रियताका लागि गरिएका निर्णयले दुरगामी असर पर्ने भन्दै एमाले लगायतका वाम गठबन्धनले आपत्ति जनाउँदै आएको छ ।







प्रतिक्रिया दिनुहोस्