ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई सबै कुरा आउँछ – (केपी ओलीसँग राजनीतिबाहिरका कुरा) भिडियोसहित


एबीसी / संवाददाता

काठमाडौं, १० पुस । शिशिर योगीजीले गाउनुभएको गीत मैले अप्रेसन गरिसकेपछि होस खुलेर बेडमा हुँदा, उठ्न नसक्ने, केही गर्न नसक्ने केही गर्न डाक्टरले दिँदैन । म बेडमा सुतेको वेला रचना गरेको हो ।

भाग्यमानीको दुई अर्थ हुन्छन् । एउटा भगवानले बनाइदिएको, कमाइदिएको भन्ने । अर्को चाहिँ आफ्नो कमाइ, मेहनत, परिश्रमले होइन, स्वतः आइलागेको कुरालाई भाग्यको कुरा भन्छौं । भगवानले गर्छ गराउँछ भन्ने कुराका राम्रा नराम्रा पक्ष छन् । विश्वासका पक्ष छन् ।

जर्मनीमा १९ औं शताब्दीमा ईश्वरले तोकेका आधारमा जेसुकै हुन्छ भन्थे । हेगेल जस्तो विद्वान थिए, जे गर्छन्, ईश्वरले गर्छन् भन्थे । पढेर पास हुने होइन, भगवानको इच्छाले पास हुने हो । मेहनत गरेर होइन, भगवानको इच्छाले हुने हो । भाग्यवादी, ईश्वरवादी लहर नै चलेको थियो । जर्मनहरु दृढताका साथ काम गर्दैन थिए । सबै बिग्रिएका कामहरु, अल्छी हुने, सफल नहुँदा भगवानलाई अपजस लगाउने । त्यसवेला बर्लिन विश्वविद्यालयमा नित्से भन्ने विान प्रोफेसर हुनुहुन्थ्यो ।

जर्मन १६ टुक्रामा बाँडिएको छ । यत्रा देशहरुले जर्मनीलाई टुक्राटुक्रा परेका छन् के गर्ने रु पछाडि परेको छ जर्मनी । जनता निराश छन् । आशावादी छैनन् । यस्तो अवस्थामा नित्सेले सानो कठपुतली बनाए । डण्डा लिएर विश्वविद्यालयबाट बाहिर निस्किए ।

प्रोफेसरको हातमा कलम हुनुपर्ने ठाउँमा डण्डा लिएर निस्किएका छन् । किताब हुनुपर्ने ठाउँमा परालको कठपुतली बनाएर हिँडेका छन् । ऊ सरासर चौबाटोमा पुग्यो । सर कता हिँड्नुभएको भनेर विद्यार्थीले सोध्छन्, एक शब्द फर्काएका छैनन् । चौबाटोमा उनले सबै मान्छे वरिपरि जम्मा गरेपछि कठपुतलीलाई कराएर भूईंमा पछारे । र भने, ‘आज म भगवानको हत्या गर्दैछु ।’ उनले पछारेर, लाठीले हानेर कठपुतलीलाई ध्वस्त बनाए ।

अनि विद्यार्थीलाई सोधे, ‘देख्यौ ? तिमीहरुको भगवान मारिदिएँ ?’

‘आई किल्ड द गड’

‘भगवान छैन तिमीहरुको । भगवानले गर्दिन्छ भन्थ्यौ, त्यो छैन । अब १६ टुक्रा भएको जर्मनीलाई कसले एकीकृत बनाउँछ रु अब पछाडि परेको जर्मनीलाई कसले अगाडि बढाउँछ रु आत्मविश्वास गुमाएको जर्मनीलाई कसले जगाउँछ रु स्वाभीमान कमजोर बनाएको जर्मनीलाई कसले फेरि उठाउँछ रु’

हाम्रो खलक अलि अल्पायु, अल्पायु छ । स्वास्थ्य त्यति राम्रो छैन । हजुरआमा पनि १०१ वर्षमा बितिहाल्नुभो । हजुरबा पनि झण्डै सय वर्ष पुग्दानपुग्दा बित्नुभो । हेर्दाहेर्दै मेरो बुवा पनि बूढो बूढो देखिन थालिसक्नुभो भन्याथें ।

उसको विद्यार्थीमध्ये विस्मार्क भन्ने युवा थिए । उसले एक कदम अगाडि सरेर भन्यो, ‘जर्मनीलाई अगाडि म बढाउँछु, एकीकरण गर्छु । तसर्थ चिन्ता नलिनुस् गुरु, म गर्छु ।’

त्यही विस्मार्क भन्ने जर्मनीको चान्सलर भए । जसलाई आइरनम्यान भनियो । आइरनन्यान अफ जर्मनी । संसारले आइरनम्यान भन्यो ।

मैले भाग्यमानी भनेको हेगेलले भनेको भाग्यवाद होइन, मैले गीतको त्यो दुई लाइनमै भनेको छु, ‘छानेर नि होइन, होइन रोजीरोजी, तर जन्मे नेपालमै कस्तो भाग्यमानी ।’

मैले भाग्यमानी भनेको मेरो परिश्रमविना, मेहनतविना, निकम्मा भाग्यवादमा विश्वास गरेर होइन । मेरो देशमा किड्नी ट्रान्सप्लान्ट जस्तो सर्जरीहरु पनि भएका छन् । त्यतिखेर म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले सेवासुविधा खोज्दै अन्त जानु परेन । मैले भरोसा गरें, आफ्नो देशलाई, डाक्टर, नर्सलाई र म सफल भएको छु ।

वास्तवमा यो देशले विकास गर्न सक्छ । यो देशमा जन्मिनु भनेको मेरो मेहनत होइन । मैले छानेर, रोजेर जन्मेको होइन । तर, यस देशमा जन्मिनु, यो शिवभूमि, बुद्धभूमि, व्यासभूमि, वीरहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी हो भनेर लेखेको हो ।

शसक्तता मनको

त्यतिवेला प्रधानमन्त्री थिएँ । सरकारले मेरो उपचार खर्च व्यहोर्थ्यो । बाहिर जाँदा त ५० लाख सामान्य खर्च थियो । तर, नेपालमै त्यो सुविधा, उत्कृष्टता हामीले प्राप्त गरेका छौं । नेपालमै डाक्टरहरु त्यो क्षमता राख्नुहुन्छ । नेपालमै त्यो प्रविधि, उपकरण, अभ्यास र ज्ञान सबै चिज छ । त्यो सबै हामीसँगै छ भने पद ओहोदाको कारण महँगो पैसा तिर्न बाहिर जानु पर्दैन, यहीँ गर्न सक्छौं भनें । तर, फेसनको रुपमा टाउको दुख्यो कि विदेश कुद्ने गर्नु पर्दैन । जे कुरा यहाँ हुन सक्दैन, सक्नेले बाहिर गएर पनि उपचार गर्न सकियो ।

मैले त्यसवेला डाक्टरहरुलाई सोधेको थिएँ, ‘तपाईंहरु सक्नुहुन्छ ?

‘सक्छौं ।’

मैले यही भन्न खोजेको थिएँ, ‘तपाईंहरु सक्नुहुन्छ । प्रत्यारोपण गरिरहनुभएको छ भने मेरोमात्रै गर्न नसक्ने होइन । तपाईंहरु सक्नुहुन्छ, त्यसकारण तपाईंहरु गर्नुस् ।’

उहाँहरुले सफलतापूर्वक गर्नुभयो, उहाँहरुलाई धन्यवाद । स्वास्थ क्षेत्रमा गरेका प्रगति हासिल गरेका छौं । यद्यपि पर्याप्त छैन ।

म दुईवटा मृगौला प्रत्यारोपन गर्दा, पाँच सातवटा अप्रेसन गर्दा पनि अशक्त भइनँ । तर, हरेक कुरामा शशक्त छु भनेर पनि भन्दिनँ । किनभने शसक्तता मनको, भावनाको कुरा हो । मैले भावनाको कुरा गरेँ, त्यो भावना गलत छैन, सही छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

को को ठेकेदार र व्यापारी संसदमा पुगे ? उनीहरुको कहाँ कहाँ कस्तो लगानी छ ? विशेष खुलासा (भिडियो)

सिंगो संसदको भारी प्रचण्डले कसरी प्रयोग गर्ने, वाध्यता र आशंकाको ‘फ्युजनलाई’ गतिमा कसरी बदल्ने ? (भिडियो अपडेट)

बीरेन्द्रको आदेशमा अञ्चलाधिश बनें, पोखराबाटै चुरोटमा कर लगाउन पनि सफल भएँ – तत्कालीन अञ्चलाधिश डा. शंकरराज पाठक (भिडियो वार्ता)

प्रचण्डको प्रतिवद्धता र परिबन्दको पहरा !

निकै शक्तिशाली र धेरै पदको ओगटेको काँग्रेसले आइतवार दिउँसो १२ बजेपछि कसरी गुमायो सरकार (भिडियोसहित)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com