ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पावर शेयरिङका बजार कार्डः प्रचण्डको ‘दोमन’ र कांग्रेसको ‘बेइमान’ ट्रेडमार्क !


एबीसी / संवाददाता

एबीसी टिप्पणीः नेकपा विभाजन र वाम सरकार विघटन भएपछिको परिवेशमा एमाले अध्यक्ष ओलीले बजार भाउ र राजनीतिक डांक बढाबढको प्रसंग निकालेका थिए । हालै आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने क्रममा पनि उनले त्यो ‘डांक बढाबढले बजार भाउ अकासिएको’ बताए । आफ्नो सचिवालयको बैठकबाट नयां गठबन्धन निर्माण गर्ने सवै जिम्मेवारी आफूले लिएर ओलीले बांकी नेताहरुलई छुट्टी दिएका छन् । संयोग यस्तो परेको छ कि शुक्रबार काठमाडौमा सत्तारुढ गबन्धनभित्र सकस परिरहेका बेला एमाले अध्यक्ष ओली पोखरामा साहित्यकारहरुसंग गफिएका थिए भने बांकी प्राय सबै नेताहरु गुड फइडे मनाउन विभिन्न पर्यटकीय स्थलमा चहारिहेका थिए । यो ओली स्टाइल हो । केही पनि नभएको जस्तो गरेर सबैथोक गर्ने ।
एमालेको यो तरिका देखेर देउवाले मुख मिठाइरहेका छन् । उनको मुख मिठाइ बालुवाटारमै हुन्छ कि सदाका लागि बुढानिलकण्ठ भन्ने दोमनमा उभिएको छ ।

संसद्‌को पहिलो बैठकमा सांसदहरूको शपथ भएसँगै दलहरूले नयाँ सरकार गठनको तयारी औपचारिक रूपमा सुरुवात भएपनि शानिबरसम्म निश्कर्षमा पुगेको छैन। । सहरमा एकथरिले नेपाली कांग्रसले दिग्विजय गरेजसरी सत्ताका सवै पद कांग्रेसले नै राख्नु पर्दछ भनिरहेका छन् । सत्तारुढ गठबन्धनमा प्रचण्ड र उनको दल भएकोमा चित्त दुखाउनेहरु मिडियाजगतमा पनि प्रशस्तै छन् ।
तिनै मध्येका अभियन्ताले गठबन्धन सरकार नेका र एमाले मिलेर बनाउनु पर्दछ भन्दै पैरवी गरिरहेका छन् । तर एमालेले त्यतातिर ध्यान दिएको देखिंदैन ।
पछिल्लो समय प्रचण्ड अस्थिर र दोमन ट्रेड मार्क का मानिस भन्दै उछितो काढ्ने अभियान शुरु भएको छ । प्रचण्डको ‘दोमन’ ट्रेडमार्क मान्ने हो भने देउवाको अर्थात् नेकाको ‘बेइमान’ ट्रेड मार्क मान्नु पर्दछ ।
रछ्यानमा मिल्किएको कांग्रेसलाई वम्पर उपहारका रुपमा प्रधानमन्त्री र सत्तासिन बनाउने पात्र थिए प्रचण्ड र माधव नेपाल । अन्यथा आज नेपाली कांग्रेस राप्रपाको हैसियतमा मरिच खुम्चिंदा झैं खुम्चिने निश्चित थियो । गत स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा देशभर गठबन्धनको पक्षमा माओवादीका मतदाताले मतदान गरे । तर कांग्रेसले देशैभर घण्टीलाई मतदान गर्न र माओवादीलाई पराजित गराउन निर्देशन नै जारी गर्यो । भलै त्यसको मार नेकाले पनि व्योहर्न परिरहकेको छ । त्यतिबेलामा पनि माओवादीका अघि विकल्प नभएको होइन । माओवादीले चाहेको भए नेकाका उमेद्वारको सट्टा स्थानीय रुपमा एमालेका उमेद्वारलाई मतदान गर्ने र आफ्नो पनि जित निकाल्ने गर्न सक्दथे । तर दोमनमा रहेको भनिएको माओवादीले एकमननै बनायो । तर उदार लोकतान्त्रिक भनिने नेकाले देशैभर घण्टी र जुम्लामा त ह्विप नै जारी गरेर राप्रपाका उमेद्वारलाई मतदान गरे । नेकाको वास्तविक ट्रेडमार्क यही त हो बेइमान ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७४ सालदेखिन नै वेइमान ट्रेडमार्कका खालमा परेका छन् । वेइमानहरुको खालबाट उनी निस्कन त खोज्छन् । तर पनि जता फर्के पनि बेइमानहरुकै अखडा छ । त्यसकारण उनी दोमनमा उभिन पुग्छन् ।
एउटा रोचक सन्दर्भ के छ भने २०७५ साल जेठ ३ गते पार्टी एकता भयो । त्यसको तीन महिना पुग्दा नपुग्दै भदौमा माधव नेपालले नोट अफ डिसेन्ट लेखेर नेकपा विभाजनको योजनावद्ध शुरुवात गरेका थिए । त्यो दोहोरो बेइमानी प्रचण्डले पत्तै पाएनन् । अन्तत त्यसले नै नेपालको वाम आन्दोलन क्षयीकारणको दिशामा गइरहेको छ । वाम आन्दोलन ध्वस्त हुंदै गएको ताज पहिरिएको माधव नेपाल देउवा र दाहालको शक्ति बांडफांटमा तमासे बनेर अर्को महन्थ ठाकुरको भूमिकामा धकेलिएका छन् । यति भनिसकेपछि माधव नेपालको बारेमा लामो चर्चाको कुनै आवश्यकता छैन ।

यथार्थ के हो भने कांग्रेसबाट इमान्दारिताको आशा गर्नु नै प्रचण्डको मुर्खता हो ।
अब दुई वाम दलका बीचको तितोपनको च्याप्टर क्लोज भएको छ । खुरुक्क प्रचण्डकै भाषाको अर्को वेइमान दल एमालेसंग तालमेल गरेर पुन वाम एकताको बाटोमा फर्कनुको कुनै विकल्प नै छैन । प्रचण्ड किन चुनावमा गठबन्धन गरियो, कांग्रेसीले वद्मासी गरे तर पनि सत्ता सहकार्यमा किन तलमाथि गर्ने भन्दैछन् । यसो गर्दा उनी स्वयं वद्नानम हुंदैनछन् ।
एउटा विडम्वना के छ भने नेपालमा वामपन्थी बाहेक जोसुकैले जे गर्न पनि छुट छ । तर वामपन्थीबाट थोरै गल्ती भयो भने तिलको पहाड बनिहाल्छ । यो अस्वाभाविक पनि होइन ।

पावर शेयरिङमा पनि कांग्रेसले ठूलो दल भएकाले राष्ट्रपति र प्रधानमन्त्री पाउनु पर्ने वालहठ त छोडेको छैन । तर के विर्सेको छ भने हिजो देउवा प्रधानमन्त्री बन्ने बेला र चुनवाी गठबन्धन गर्ने बेला प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने बचन दिएको देउवाका बुढाबुढीले विर्से जस्तो छ ।
त्यही कारण माओवादीले भने कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने बताइरहेको छ ।
अब प्रचण्डले नै दोमनको अवस्थालाई सदाका लागि अन्त गर्न निर्णय गर्नु पर्ने बेला आएको छ । ओलीसंगको रिले नेपाली समाजको वामपन्थी रुपान्तरण गर्ने भियानलाई अवरुद्ध गर्न मिल्दैन । वाम तालमेलमा तलमाथि जता परेपनि कहां पोख्यो उही दुनोमा हो । तर स्थानीय देखि संघीय निर्वाचनसम्म माओवादीको भोट कांग्रेसलाई घोप्टाएर गम्भीर गल्ती त भएकै छ । त्यसलाई सुधार्ने भनेकै पुनः वाम एकताको बाटोमा जाने नै हो । संसदमा उदाएका नयां दलहरु घण्टी, नागरिक उन्मुक्ति, र सिके राउतको चाहना पनि वाम एकता भएदेखि सत्ता सहकार्यमा सहज हुने थियो भन्ने स्पष्टै गरेका छन् । उपेन्द्र यादव त पहिले देखिनै वाम गठबन्धन होस् भन्नेमा नै छन् । त्यो हुन सकेमा केन्द्रको सत्ता देखि ७ वटै प्रदेश सरकार वाम गठबन्धनको वन्ने प्रष्टै छ । त्यो बेला यतातिर प्रचण्डका बारेमा दोमनको गित जति गाएपनि केही फरक पर्दैन । यही ५ वर्षे कार्यकालमा प्रचण्ड र ओलीको सत्ता सुखको चाह पूरा भएपछि एकीकृत वाम आन्दोलनमा नयांपनको ढोका खुलिहाल्छ । त्यतिबेला ओली र प्रचण्ड ‘जियांग जमिन’ र ‘हु जिन्ताओ’ भएर बसे हुन्छ ।

‘

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com