ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ गठबन्धनका नेताहरु सरकार गठनको रिलेदौडमा, एमाले नेताहरु ‘गुड फ्राइडे’ मनाउदै


एबीसी / संवाददाता

काठमाडौं, ७ पुस । संयुक्त सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार सकिँदैछ । सकिदो समय सीमाले सत्तारुढ गठबन्धनका नेताहरुको रिलेदौड तीव्र बनेको छ । आलोपालो प्रधानमन्त्रीमा सहमति भएपनि बाँकी संवैधानिक पदसहित कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने कुरा मिल्न बाँकी छ ।

तर संसदको दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरू चाहिं घुमफिर, पार्टी कामदेखि बधाई लिन व्यस्त देखिन्छन् । अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालमार्फत् पूर्व सूचना दिएरै पोखरा पुगेका थिए । त्यहाँ जारी लिटरेचर फेस्टिभलका लागि पोखरा पुगेका ओलीले गैरराजनीतिक अनुभव ज्यादा सुनाए ।

शुक्रबार महासचिव शंकर पोखरेल, सुर्खेतको काँक्रेविहारतिर सयर गर्दै थिए । अध्यक्ष र महासचिव दुवै राजधानी बाहिर हुँदा उपाध्यक्ष सुवास नेम्बाङ हात्तीवन पुगेका थिए ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ त्यसैदिन लमजुङ पुगे । पोखरामा उपमहासचिव गुरुङको कार्यक्रम तय भइसकेको छ । अर्का उपमहासचिव बिष्णु रिमाल शुक्रबार धुलिखेल पुगेका थिए ।

सचिव योगेश भट्टराई लुम्बिनीतिर लागेका छन् । जबकी जारी सत्ता निर्माणको दौडधुपमा सत्तारुढ नेताहरु जतिकै चासो एमाले नेताहरुतर्फ समेत छ । किनकि संसदीय गणितमा कांग्रेसको विकल्पमा एमालेले सरकार दिनसक्ने सम्भावना छ ।

तर यसतर्फ कुनै चासो नभए जस्तो गरी एमाले नेताहरु घुमफिर र अन्य राजनीतिक कार्यक्रममा देखिन्छन् ।

उच्च स्रोतका अनुसार भने एमालेले फालेको दोहोरो कार्डकै कारण सत्तारुढ गठबन्धनमा सहमति सहज भइरहेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्री पद पाउने आशा बलियो बनेको छ भने प्रधानमन्त्री पद जाने डरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हडबडाएका छन् ।

यसको मूल कारण एमालेले कांग्रेस र माओवादी केन्द्रलाई पठाएको दोहोरो प्रस्ताव हो । अहिलेको गठबन्धन जसरी पनि तोड्ने उद्देश्य राखेको एमालेले कांग्रेस र माओवादी केन्द्र दुवैलाई सरकार बनाउन समर्थन गर्ने प्रस्ताव पठाएको छ ।

एमालेको शर्त बमोजिम प्रचण्ड प्रधानमन्त्री भएमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि प्रदेशका संवैधानिक पद समेत गुमाएर सत्ता बाहिर बस्नुपर्ने भय कांग्रेस नेताहरुमा परेको छ । त्यसैकारण प्रचण्ड निवास खुमलटारमा कांग्रेस नेताहरू तारन्तार पुगिरहेका छन् ।

०६४ सालको पहिलो संविधानसभा चुनावबाट सवैभन्दा ठूलो दल बनेको माओवादीलाई कांग्रेस–एमालेले सबै संवैधानिक पदसहित सत्ता बाहिर राखेको थियो । त्यसको मूल्य माओवादीलाई निकै महँगो परेको थियो । वाम सहकार्यको नाममा फेरि कांग्रेसलाई ०६४ को माओवादीकै नियतिमा धकेलिदिने त्रास कांग्रेस नेताहरुमा छ ।

अर्कातिर, एमालेले कांग्रेस नेताहरुलाई पनि माओवादीकै जस्तो प्रस्ताव पठाएको छ । प्रचण्डलाई बाहिर राखेर बन्ने कांग्रेस सरकारलाई एमालेले समर्थन गर्ने सन्देश बालुवाटार पुर्‍याएका छन् ।

यही सूचना र विश्वासका आधारमा देउवाले संसदको तेस्रो ठूलो पार्टीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न कठिन हुने बताउने गरेका छन् । अझ पहिलो प्रधानमन्त्रीसँगै राष्ट्रपति पद पाउनुपर्ने कांग्रेसको अडानले सत्तारुढ बैठक निष्कर्षमा पुग्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com