ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ गठबन्धनका नेताहरु सरकार गठनको रिलेदौडमा, एमाले नेताहरु ‘गुड फ्राइडे’ मनाउदै


एबीसी / संवाददाता
८ पुस २०७९, शुक्रबार   ९ : ३०   बजे

काठमाडौं, ७ पुस । संयुक्त सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार सकिँदैछ । सकिदो समय सीमाले सत्तारुढ गठबन्धनका नेताहरुको रिलेदौड तीव्र बनेको छ । आलोपालो प्रधानमन्त्रीमा सहमति भएपनि बाँकी संवैधानिक पदसहित कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने कुरा मिल्न बाँकी छ ।

तर संसदको दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरू चाहिं घुमफिर, पार्टी कामदेखि बधाई लिन व्यस्त देखिन्छन् । अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालमार्फत् पूर्व सूचना दिएरै पोखरा पुगेका थिए । त्यहाँ जारी लिटरेचर फेस्टिभलका लागि पोखरा पुगेका ओलीले गैरराजनीतिक अनुभव ज्यादा सुनाए ।

शुक्रबार महासचिव शंकर पोखरेल, सुर्खेतको काँक्रेविहारतिर सयर गर्दै थिए । अध्यक्ष र महासचिव दुवै राजधानी बाहिर हुँदा उपाध्यक्ष सुवास नेम्बाङ हात्तीवन पुगेका थिए ।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ त्यसैदिन लमजुङ पुगे । पोखरामा उपमहासचिव गुरुङको कार्यक्रम तय भइसकेको छ । अर्का उपमहासचिव बिष्णु रिमाल शुक्रबार धुलिखेल पुगेका थिए ।

सचिव योगेश भट्टराई लुम्बिनीतिर लागेका छन् । जबकी जारी सत्ता निर्माणको दौडधुपमा सत्तारुढ नेताहरु जतिकै चासो एमाले नेताहरुतर्फ समेत छ । किनकि संसदीय गणितमा कांग्रेसको विकल्पमा एमालेले सरकार दिनसक्ने सम्भावना छ ।

तर यसतर्फ कुनै चासो नभए जस्तो गरी एमाले नेताहरु घुमफिर र अन्य राजनीतिक कार्यक्रममा देखिन्छन् ।

उच्च स्रोतका अनुसार भने एमालेले फालेको दोहोरो कार्डकै कारण सत्तारुढ गठबन्धनमा सहमति सहज भइरहेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्री पद पाउने आशा बलियो बनेको छ भने प्रधानमन्त्री पद जाने डरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हडबडाएका छन् ।

यसको मूल कारण एमालेले कांग्रेस र माओवादी केन्द्रलाई पठाएको दोहोरो प्रस्ताव हो । अहिलेको गठबन्धन जसरी पनि तोड्ने उद्देश्य राखेको एमालेले कांग्रेस र माओवादी केन्द्र दुवैलाई सरकार बनाउन समर्थन गर्ने प्रस्ताव पठाएको छ ।

एमालेको शर्त बमोजिम प्रचण्ड प्रधानमन्त्री भएमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि प्रदेशका संवैधानिक पद समेत गुमाएर सत्ता बाहिर बस्नुपर्ने भय कांग्रेस नेताहरुमा परेको छ । त्यसैकारण प्रचण्ड निवास खुमलटारमा कांग्रेस नेताहरू तारन्तार पुगिरहेका छन् ।

०६४ सालको पहिलो संविधानसभा चुनावबाट सवैभन्दा ठूलो दल बनेको माओवादीलाई कांग्रेस–एमालेले सबै संवैधानिक पदसहित सत्ता बाहिर राखेको थियो । त्यसको मूल्य माओवादीलाई निकै महँगो परेको थियो । वाम सहकार्यको नाममा फेरि कांग्रेसलाई ०६४ को माओवादीकै नियतिमा धकेलिदिने त्रास कांग्रेस नेताहरुमा छ ।

अर्कातिर, एमालेले कांग्रेस नेताहरुलाई पनि माओवादीकै जस्तो प्रस्ताव पठाएको छ । प्रचण्डलाई बाहिर राखेर बन्ने कांग्रेस सरकारलाई एमालेले समर्थन गर्ने सन्देश बालुवाटार पुर्‍याएका छन् ।

यही सूचना र विश्वासका आधारमा देउवाले संसदको तेस्रो ठूलो पार्टीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न कठिन हुने बताउने गरेका छन् । अझ पहिलो प्रधानमन्त्रीसँगै राष्ट्रपति पद पाउनुपर्ने कांग्रेसको अडानले सत्तारुढ बैठक निष्कर्षमा पुग्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu