ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपेक्षित सिट नआएपछि नेकपा एमालेले सरकार बनाउन थाल्छ या प्रतिपक्षमा बस्छ ? (भिडियोसहित)


एबीसी / संवाददाता
पुस ८, २०७९ शुक्रबार  ११ : ४३ बजे

काठमाडौं, ८ पुस । नेकपा एमाले जनताको पहिलो रोजाइको पार्टी भएको दावी गर्दै आए पनि गत मंसिर ४ को चुनावमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गर्यो । आफुले अपेक्षित सिट नपाउदा पनि उत्सव मनाएको पार्टीले निर्वाचनपछि सरकार गठन प्रक्रिया अन्यौल बन्दै गएको टिप्पणी गरेको छ । गत मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षमा सोचेको जस्तो अपेक्षित सिट नपाएपनि एमाले समानुपातिकमा पहिलो पार्टी बनेको छ । सत्तारुढ गठवन्धनले निर्वाचनमा धाँधली, बुथ कब्जाका गतिविधिले राज्यशक्तिको चरम दुरुपयोग भएको एमालेले आरोप लगाएको छ । निर्वाचन पछि राजनीति क्षेत्रमा अस्थिरता मौलाएको, सामाजिक तथा साँस्कृतिक विचलन आएको र अर्थतन्त्र धराशयी बन्नेको भन्दै एमालेको आरोप छ ।

संसदमा कुनै पनि सरकार बहुमतमा छैन, पुस १० गते सम्म जसले पनि सरकार बनाउन पहल गरे पनि एमाले भने सरकार बनाउने दैडधुपमा भन्दा पनि आफ्नो संगठन पार्टीलाई सुदृढ र जनताको मुदालाई संसद वा संसद बाहिर सशक्त र प्रभावकारी ढ¨ले उठाउने पक्षमा छ । एमाले आगामी ५ बर्षको चुनावमा बहुमत ल्याउने गरी काम गर्ने पक्षमा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनको आरोप थियो । अध्यक्ष ओलीले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरे । उनले एमाले बाहेकका दलहरु पदको लोभ तथा स्वार्थमा केन्द्रीत बनेको उल्लेख गरे । नेपालका राजनीतिक दलहरु आदर्श र नीति सम्मत चल्नुपर्ने भए पनि त्यसो हुन नसकेको अध्यक्ष ओलीको भनाई थियो ।

यस्तै ताप्लेजुङ बाट प्रतिनिधिसभामा निर्वाचित योगेश भट्टराईले देशभित्र एमाले एक विश्वासिलो पाटी भएको र बलियो राष्ट्रशक्ती निर्माण गर्नु पर्छ भन्दा एमालेलाई नै हेरेकाले जितको आधार पनि त्यहीनै भएको बताए । उनले प्रतिपक्ष संग बस्ने दलहरुसंग प्रतिपक्षकै हिसाबले सहकार्य गर्ने र सत्तारुढ दलसंग रचनात्मक विरोध र रचनात्मक समर्थक गर्ने बताए ।

राजनीति क्षेत्रमा अस्थिरता मौलाएको, सामाजिक तथा साँस्कृतिक विचलन आएको र अर्थतन्त्र धराशयी बन्दै गएकोप्रति एमाले चिन्तित रहेको छ । एमाले राष्ट्रवादी पार्टी भन्दै गर्दा राष्ट्रवादी पार्टीले देश सम्हाल्नु पर्छ भन्ने एमालेको धारणा छ । कतिपय ठाउमा एमालेको नेतृत्वमा प्रदेशसरकार बन्न सक्ने सम्भावना छ र एमालेले प्रतिपक्षमा बसेर आफ्नो भुमिका खेलेको हेर्न बाकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com