काठमाडौं, ८ पुस । नेकपा एमाले जनताको पहिलो रोजाइको पार्टी भएको दावी गर्दै आए पनि गत मंसिर ४ को चुनावमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गर्यो । आफुले अपेक्षित सिट नपाउदा पनि उत्सव मनाएको पार्टीले निर्वाचनपछि सरकार गठन प्रक्रिया अन्यौल बन्दै गएको टिप्पणी गरेको छ । गत मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षमा सोचेको जस्तो अपेक्षित सिट नपाएपनि एमाले समानुपातिकमा पहिलो पार्टी बनेको छ । सत्तारुढ गठवन्धनले निर्वाचनमा धाँधली, बुथ कब्जाका गतिविधिले राज्यशक्तिको चरम दुरुपयोग भएको एमालेले आरोप लगाएको छ । निर्वाचन पछि राजनीति क्षेत्रमा अस्थिरता मौलाएको, सामाजिक तथा साँस्कृतिक विचलन आएको र अर्थतन्त्र धराशयी बन्नेको भन्दै एमालेको आरोप छ ।
संसदमा कुनै पनि सरकार बहुमतमा छैन, पुस १० गते सम्म जसले पनि सरकार बनाउन पहल गरे पनि एमाले भने सरकार बनाउने दैडधुपमा भन्दा पनि आफ्नो संगठन पार्टीलाई सुदृढ र जनताको मुदालाई संसद वा संसद बाहिर सशक्त र प्रभावकारी ढ¨ले उठाउने पक्षमा छ । एमाले आगामी ५ बर्षको चुनावमा बहुमत ल्याउने गरी काम गर्ने पक्षमा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनको आरोप थियो । अध्यक्ष ओलीले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरे । उनले एमाले बाहेकका दलहरु पदको लोभ तथा स्वार्थमा केन्द्रीत बनेको उल्लेख गरे । नेपालका राजनीतिक दलहरु आदर्श र नीति सम्मत चल्नुपर्ने भए पनि त्यसो हुन नसकेको अध्यक्ष ओलीको भनाई थियो ।
यस्तै ताप्लेजुङ बाट प्रतिनिधिसभामा निर्वाचित योगेश भट्टराईले देशभित्र एमाले एक विश्वासिलो पाटी भएको र बलियो राष्ट्रशक्ती निर्माण गर्नु पर्छ भन्दा एमालेलाई नै हेरेकाले जितको आधार पनि त्यहीनै भएको बताए । उनले प्रतिपक्ष संग बस्ने दलहरुसंग प्रतिपक्षकै हिसाबले सहकार्य गर्ने र सत्तारुढ दलसंग रचनात्मक विरोध र रचनात्मक समर्थक गर्ने बताए ।
राजनीति क्षेत्रमा अस्थिरता मौलाएको, सामाजिक तथा साँस्कृतिक विचलन आएको र अर्थतन्त्र धराशयी बन्दै गएकोप्रति एमाले चिन्तित रहेको छ । एमाले राष्ट्रवादी पार्टी भन्दै गर्दा राष्ट्रवादी पार्टीले देश सम्हाल्नु पर्छ भन्ने एमालेको धारणा छ । कतिपय ठाउमा एमालेको नेतृत्वमा प्रदेशसरकार बन्न सक्ने सम्भावना छ र एमालेले प्रतिपक्षमा बसेर आफ्नो भुमिका खेलेको हेर्न बाकी छ ।








प्रतिक्रिया दिनुहोस्