ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा प्रतिस्पर्धाबाट अन्य दलका अध्यक्षहरु पदेन जस्तै सर्वसम्मत दल नेता चयन, को कति लोकतान्त्रिक ? (फोटो फिचरसमेत)


एबीसी / संवाददाता
पुस ७, २०७९ बिहीबार   ६ : १०   बजे

 

काठमाडौं ७ पुस । मंसिर ४ गते सम्पनन संघीय निर्वाचन पश्चात पुस ७ गते सनवनिर्वाचित सांसदहरुले सपथ लिने बेलासम्म राष्ट्रिय मान्यता प्राप्त ७ वटा दल मध्ये ६ वटा दलका दल नेता चयन भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दलमध्येको जनता समाजवादी पार्टीले भने अझै पनि दल नेता चयन गरेको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएका कारण बरिष्ठ नेता अशोक राई दल नेता बन्ने चर्चा भएपनि मधेशी समुदाय बाटै दल नेता बनाउने कसरत भएका कारण उसले दल नेता छान्न सकेको छैन ।

मुख्य दलहरु मध्ये नेपाली कांग्रेसको पुस ६ गते चुनाव मार्फत सभापति शेरबहादु देउवा दल नेता निर्वाचित भएका छन् । २०१५ साल र २०४८ साल बाहे सधैं जसो नकोत्रि संसदलीय दलको नेताका लागि चुनाव भएको छ ।


नेकपा एमालेमा भने २०७० सालको निर्वाचन पछि पहिलो पटक तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल र प्रतिपक्षीय नेता केपी शर्मा ओली बीच चुनाव हुंदा ओलीले दल नेता हात पारेका थिए । नेपालका बाम पार्टीहरुमा दल नेताको चुनाव भएको त्यही नै पहिलो र अहिलेसम्मको पछिल्लो घटना हो । यसपटक एमलेमा ओली नै सर्वसम्मत दल नेता निर्वाचित भएको एमालेले समाचार सर्वजनिक भएको थियो । त्यसैगरी पुस ७ गते माओवादीले १९ सदीस्यीय पदाधिकारी बैठकबाट दल नेतामा अध्यक्ष प्रचण्डलाई दल नेता बनाउने निर्णय गरेको थियो । त्यही निर्णयलाई औपचरिकता दिन दलको बैठक भएको थियो । माओवादीले प्रमुख सचेतकमा सचिव हितराज पाण्डेलाई चयन गरेको छ ।


र्ससदको पहिलो र दोस्रो दल कांग्रेस र एमालेले भने दल उपनेता, सचेतकहरु चयन गरेका छैनन् ।


राष्ट्रिय मान्यता प्राप्त गर्न असफल एकीकृत समाजवादीले पनि अध्यक्ष माधव नेपाललाई दल नेता चयन गरेको छ । त्यसैगरी राप्रपा, रास्वपा, जनमत पार्टीले पार्टी अध्यक्षलाई दल नेता चयन गरेका छन् ।

माओवादीले मानका खातिर मान दिएजसरी राष्ट्रियसभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित गरेको जनाएको छ । राष्ट्रिय सभाको प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।

बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

गुट बनाएर लाभ लिने कुरा गलत
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुटमार्फत् लाभ लिने प्रचलन बढ्नु खराब रहेको बताएका छन्।
बिहीबार संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतामुखी नभएर जनतामुखी हुनुपर्ने बताएका हुन्।
‘गुटमार्फत् लाभ लिने कुरा खराब भयो अब जनताको मन जित्नेलाई नेता बनाउने प्रचलन पार्टीमा विकास गर्नुपर्छ’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने।
संसदीय दलको उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन दुबैले दाबी गरेपछि प्रचण्डलाई उपनेता चयनमा सकस परेको छ। यसअघि महासचिवमा दुबैले दाबी गर्दा प्रचण्डले तेस्रो व्यक्ति देव गुरूङलाई जिम्मेवारी दिएका थिए।
यो पटक पनि प्रचण्डले उपनेता र सचेतक चयनका लागि गृहकार्य जरूरी रहेको बताएका छन्।
‘उपनेता र सचेतक चयनमा अलि गृहकार्य गरेर चयन गरौं’, प्रचण्डको प्रस्ताव थियो। सांसदहरूलाई प्रचण्डले संसदमा दक्षिणपन्थीविरूद्ध डटेर लड्न निर्देशन दिएका छन्।
अझै पनि दक्षिणपन्थी हावा चलिरहेको छ। परिवर्तन उल्टाएर संवैधानिक संकट आउसक्छ। संसदमा डटेर सामना गर्नु आवश्यक छ, प्रचण्डले भनेका छन्।
पार्टीलाई नेतामुखी नभएर जनतामुखी बनाउन सबैले योगदान गर्नुपर्ने प्रचण्डको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group