ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता


एबीसी / संवाददाता
पुस ७, २०७९ बिहीबार  ९ : ४७ बजे

नयाँदिल्ली । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।

चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।

ओमिक्रोनको सबभेरियन्ट बिएफ(७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ।

चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

बुधबार मात्रै भारतमा यहीँ भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।

यसैबीच, भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ।

चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ(७ को बढ्दो केस र भारतमा पनि यसको संक्रमणलाई ध्यानमा राखेर यो निर्णय गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीनमा कठोर लकडाउन खुकुलो बनाएलगत्तै संक्रमणदर बढेकाले भारतमा पनि सङ्क्रमितको संख्या बढ्न सक्ने भन्दै देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ।

मंगलबार मात्रै केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना संकलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्नेछ।

भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरिअन्टमाथि निगरानी गर्नु जरुरी भएको उल्लेख गरेका छन्।

जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल र चीनमा अचानक सङ्क्रमण बढेको उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका हुन्।

यस्तो प्रयासले नयाँ भेरिअन्टको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको दाबी छ।

यसैबीच केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलनसक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन निर्देशनसमेत दिएको छ।

भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

भारतले सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको थियो।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।

दुई अर्ब भन्दा बढी मानिसले खोप लगाइसकेको भारतमा सरकारी तथ्याङ्कअनुसार हाल सातामा १,२०० को सङ्ख्यामा कोभिड सङ्क्रमण देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com