ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीकै अग्रसरतामा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रयास


admin

काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाकै सक्रियतामा नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सक्रियता बढेको छ । त्यसका लागि अध्यादेशमार्फत ऐन संशोधनको तयारी समेत भइरहेको छ ।

यसरी ऐन संशोधन हुँदा नेपाल प्रहरीको नेतृत्व चयनमा समेत ठूलो चलखेल गर्न सकिने अभिप्रायबाट नयाँ अध्यादेशको तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री देउवाले नै यसमा अग्रसरता लिएका छन् । ३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ । अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ ।

प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । तर, प्रस्तावित संघीय प्रहरी ऐनको अध्यादेशमा पदावधि र ५८ वर्षको उमेर हदका कारण मात्रै अवकाश पाउने व्यवस्था छ । अध्यादेशमा प्रहरी महानिरीक्षकका लागि तीन वर्ष, अतिरिक्त प्रहरी महानिरीक्षकका लागि दुई वर्ष र नायब प्रहरी महानिरीक्षकका लागि चार वर्ष पदावधि प्रस्ताव गरिएको छ । सरकारले अध्यादेश पारित गरे अवकाशको मुखमा रहेका उच्च प्रहरी अधिकृतहरूको करिब दुई वर्ष सेवा अवधि थप हुनेछ । त्यसैले पनि २८ चैतमा अवकाश पाउन लागेका वर्तमान महानिरीक्षक प्रकाश अर्यालका ब्याची १६ जना एआईजी अध्यादेश जारी गराउने ‘दौडधुप’ मा सक्रिय छन् ।

३० वर्षे सेवा राख्ने र हटाउने विषयमा प्रहरी अधिकृतहरूबीच मतैक्य नभए पनि कामचलाउ सरकारबाट भइरहेको पछिल्लो कसरतलाई स्वाभाविक मानिएको छैन । नयाँ सरकार बन्न केही दिन मात्र बाँकी रहेको अवस्थामा कामचलाउ सरकार आफैं प्रहरी संगठनभित्र दीर्घकालीन असर पार्ने किसिमको निर्णयका लागि उद्यत हुनुलाई ‘शकांस्पद’ मानिएको हो ।

केही उच्च प्रहरी अधिकृत नयाँ सरकार बन्ने क्रममा रहेका बेला यस्तो संवेदनशील विषय अघि बढाउनुका पछाडि ‘ठूलो कारोबार’ को हात रहेको दाबी गर्छन् ।
‘यसका राम्रा र नराम्रा दुवै पक्ष होलान्, तर अहिले ३० वर्षे हटाउने कसरत हुनुका पछाडि सही नियत छैन, केही स्वार्थप्रेरित अधिकृतहरूको चलखेलको परिणाम हो,’ ती अधिकृतले भने, ‘आफूलाई टिकाउन दरबन्दी थप्ने र कायम गराउने नेतृत्वको निरन्तरता हुनु दुर्भाग्य हो ।’ नेतृत्वमा को पछाडि पर्छ भन्दा पनि प्रहरी संगठन थप दुई वर्ष बन्धक बन्ने ती अधिकृतको चिन्ता छ । ‘चलखेल’ गरेर पदावधि थप्दै राज्यकोषमाथि अनावश्यक भार थप्न उद्यतबाट भइरहेको ३० वर्षे हटाउने कसरतलाई स्वाभाविक मान्न नसकिने ती अधिकृत बताउँछन् ।

अध्यादेश जारी भए गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन समिति ९ओएनएम० ले खारेज गर्न सिफारिस गरेको हाल सात प्रदेशमा रहेको एआईजीहरूको दरबन्दीसमेत कायम रहनेछ । जसबाट राज्यकोषमाथि वार्षिक करोडौंको व्ययभार थपिनेछ । प्रदेश तहमा विशिष्ट श्रेणी तहका एआईजीहरू राख्दा प्रदेशको गृह प्रशासनको नेतृत्व गर्ने सम्बन्धमा पनि जटिलता आउने देखिन्छ । किनकि प्रदेशका मन्त्रालयहरूको नेतृत्व प्रथम श्रेणीका सहसचिवलाई प्रदेश सचिवको पद दिने सरकारको तयारी छ ।

प्रस्तावित अध्यादेशमा नेतृत्व तहको पदावधि नतोकी नियमावलीको ३० वर्षे सेवा अवधिको व्यवस्था मात्र हटाउने कसरत पनि हुन सक्नेतर्फ एक जना प्रहरी अधिकृत चिन्ता व्यक्त गर्छन् । त्यसो भएमा हाल दोस्रो तहमा रहेका अधिकृतहरू नेतृत्व तहमा पुग्नै नपाई अवकाश पाउने छन् । यसले प्रहरी संगठनभित्र ठूलो निराशा निम्त्याउने ती अधिकृतले बताए । ‘आईजी, एआईजीपी र डिआईजीलगायतको पदावधि तोकेर ३० वर्षे सेवा अवधि हटाइन्छ भने त्यसले संगठनलाई क्षति पुर्‍याउँदैन तर त्यसो नगरी ३० वर्षे मात्र हटाइयो भने त्यो पूरै संगठनका लागि दुर्भाग्य हुनेछ,’ ती अधिकृतले भने ।

तर, गृह मन्त्रालयका उच्च अधिकारीले नेपाल प्रहरीभित्रको वृत्तिविकासमा कुनै अवरोध नल्याउने गरी ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन छलफल अघि बढेको जानकारी दिए । गृहसचिव मोहनकृष्ण सापकोटाले समेत ३० वर्षे सेवा अवधि हटाउने विषय छलफलका क्रममा रहेको जानकारी कान्तिपुरलाई दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com