ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशसभामा भेटिदैछन् दाजुभाई, सम्धीसम्धिनी र नन्दभाउजु


एबीसी / संवाददाता
पुस २, २०७९ शनिबार   ५ : ०४   बजे

बुटवल, २ पुस । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा भेट गर्ने छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु प्रदेशसभामा सँगै देखिन लागेका हुन् ।

प्रदेशसभा सदस्यमा एमालेबाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन् । पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमाले पार्टीमा लामाे समयदेखि आबद्ध थिए ।

भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै सक्रिय राजनीतिमा थिए । श्रेष्ठ दाजुभाई एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

भोजप्रसाद रुपन्देही २ (ख) बाट निर्वाचित हुँदा भाई राजुप्रसाद पाल्पा १ (क) बाट निर्वाचित भएका हुन् । ०५४ सालमा तत्कालिन बुटवल नगरपालिकाको मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि ०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । भाई राजुप्रसादको भने पहिलो संसदीय यात्रा हो ।

एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी बसन्ती न्यौपाने सम्धी सम्धिनी हुन् । ढकालकी छोरी र न्यौपानेका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरू पनि अहिले सँगसँगै प्रदेशसभा सदस्य बन्ने मौका पाएका छन् ।

ढकाल रूपन्देही ५ (क) बाट प्रत्यक्षमा निर्वाचित हुँदा न्यौपानेलाई भने एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनाएको हो । यसअघि ०७४ सालमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

न्यौपानेको भने संसदीय यात्रा पहिलो हो । बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी न्यौपाने यसअघि नै स्थानीय तह र प्रदेशमा समेत उम्मेदवारको दाबी गर्दै आएकी थिइन् । यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण न्यौपानेलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमालेका एक नेताले बताए ।

‘पार्टीमा गरेको योगदान र उनीमा भएको क्षमताको बारेमा प्रश्न गर्ने ठाउँ छैन तर नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेका छन्,’ ती नेताले भने ।

लुम्बिनी प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्दभाउजू हुन् । न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन् । लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेशसभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन् ।

न्यौपानेलाई एमालेले प्रदेशसभा सदस्य बनाउँदा घिमिरेलाई एकीकृत समाजवादीले प्रदेशसभा सदस्य बनाएको हो । घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेशसभामा सो पार्टीकी एक मात्र सांसद हुन् । एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन । समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई पठाएको हो ।

यस्तै, एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेशसभा सदस्य  डा. कृष्ण न्यौपानेकी पत्नी हुन् । अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए । तर, राप्रपासँगको तालमेलमा रूपन्देही १ (क) राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए ।

१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन् । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेश सभा यसपटक भने दाजु–भाई, नन्द–भाउजु र सम्धी–सम्धिनीको जम्काभेट हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group