ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा समानुपातिक प्रदेशसभा सदस्य सबै नेताका श्रीमती मात्रै


एबीसी / संवाददाता

सुर्खेत ।  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बनेकी छन् । मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।

जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन् । उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन् । समानुपातिक सूचीमा रहेकी जाजरकोटकी पार्वती विकलाई समानुपातिकबाट हटाएर ज्ञानुलाई समावेश गरिएको चर्चा छ ।

प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाएकी छन् ।   प्रदेशसभा तर्फ जाजरकोट  खाली भएको छ । जहाँबाट पनि आफू सुरक्षित भए पुग्ने अवस्था आएपछि शक्ति बस्नेतले जाजरकोटको पार्टी भन्दा कांग्रेसलाई प्यारो मानेको चर्चा चुलिदै गएको छ । जिल्लाका नेता कार्यक्रतालाइ कहिले पनि संरक्षण नगर्ने तर ठुला नेताका सिफारिस कार्यान्वन गर्ने शक्ति बस्नेतको तरिकाले जाजरकोटमा माओवादी कम्जोर हुँदै गएको छ । शक्ति प्रति जाजरकोट माओवादी निकट अधिकांश नेता कार्यक्रता रुष्ट बनेका छन् । त्यस्तै बिहीबार नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशले केन्द्रमा पठाएको पत्र समेत केही सिमित व्यक्ति बसेर तयार गरी पठाएको आरोप लागेको छ । प्रदेश अध्यक्ष विमला केसीले एक्लै पत्र तयार गरी कर्णाली प्रदेशको बैठकको निर्णय भनि झुटको खेती गरेको अन्य केन्द्रीय सदस्य तथा प्रदेश समितिका सदस्यले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com