ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र माओवादीमध्ये कसले पाउला राष्ट्रपति ? यी हुन् चर्चामा आएका नेता


एबीसी / संवाददाता

काठमाडौं, २७ मंसिर । नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल भइसकेको छैन । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका नाम मंगलबार सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया पूरा हुनेछ । त्यसपछि मात्र दलहरू सरकार गठनमा औपचारिक रूपमा छलफलमा जुट्ने छन् ।

नयाँ सरकार गठन भएपछि मात्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । त्यसैले पुस अन्तिम वा माघ पहिलो सातातिर देशले नयाँ राष्ट्रपति पाउने देखिन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल २९ फागुनमा सकिँदैछ । तर, त्यसअघि नै संसद्ले नयाँ राष्ट्रपति चुन्न सक्ने परिस्थिति देखिएको छ ।

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुने क्रममा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गरेकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत पाएकी थिइन् । भण्डारीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाताले भोट हालेका थिए । त्यसबेला कुल ८८४ मतदातामध्ये ८७९ जना मात्रै सहभागी भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग बहुमत पुग्दैन । त्यसैले सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सामेल हुने देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सामेल हुने मनस्थितिमा देखिएकाले पावर सेयरिङको विषय निकै पेचिलो बन्ने संकेत देखिएको छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवले पनि करिब सात वर्ष शीतल निवासमा बिताएका थिए । अब तेस्रो राष्ट्रपतिको खोजी सुरु भएको छ । अहिले कसको नेतृत्वमा सरकार बन्छ भन्ने एकिन भइसकेको छैन । तर सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले गठबन्धन सरकार बनाउने सम्भावना बढी छ ।

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ । उनी सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ । कांग्रेसमा अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । नयाँ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ । त्यसैले देशको तेस्रो राष्ट्रपति पुरुष वा महिला को बन्लान् भन्ने चासो देखिएको छ ।

यतिबेला राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा तथा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको नाम चर्चामा आउन थालेको छ । मधेस केन्द्रित दलहरूले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सकिने बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com