काठमाडौं, माघ १० । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १७ जना उम्मेदवार निर्विरोध भएका छन् । सात वटा प्रदेश मध्ये पाच वटा प्रदेशका खुल्ला तर्फका १२ महिला उम्मेदवार सहित थप ५ उम्मेदवार निर्विरोध भएका हुन् । एमालेबाट ६ जना, माओवादीबाट ३, नेपाली काँग्रेसबाट ५, संघिय समाजवादी फोरमबाट दुई र राजपाबाट एक जना राष्ट्रिय सभा सदस्यमा निर्विरोध भएका हुन् ।

खुल्ला महिला तर्फ प्रदेश १ मा एमालेबाट नैनकला ओझा, कांग्रेसबाट सरिता प्रसाई, माओवादी केन्द्रबाट बिना पोखरेल, प्रदेश २ मा कांग्रेसबाट मुक्ता कुमारी यादव, माओवादी केन्द्रबाट शशीकला दाहाल, संघीय समाजवादी फोरमबाट प्रमिला यादवले मनोनयन दर्ता गरेका छन् । प्रदेश ४ मा एमालेबाट शान्ति अधिकारी र दीपा गुरुङ, कांग्रेसबाट बृन्दा राना मगर, प्रदेश ५ मा एमालेबाट मीना बुढा र कोमल वली, कांग्रेसबाट अनिता देवकोटा, प्रदेश ७ बाट एमालेका कमला ओली र इन्दु कडेरीया विष्ट, कांग्रेसबाट तारा देवी भट्टले मात्र उम्मेदवारी दिएकाले उनिहरु स्वतह राष्ट्रिय सभा सदस्य हुनेछन् ।
प्रदेश नम्वर दुईमा दलित कोटामा संघिय समाजवादी फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका छन् । प्रदेश ७ बाट भने खुला तर्फपनि तीन सदस्य निर्विरोध भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । यसैविच, प्रदेश नम्वर ३, ४ र ६ का सबै आठ÷आठ पदमा निर्वाचन हुने भएको छ ।







प्रतिक्रिया दिनुहोस्