काठमाडौं, १० माघ । सरकारले ६५ बर्ष पुगेका जेष्ठ नागरिकलाई वृद्धभत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ६५ बर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक दुई हजार भत्ता उपलव्ध गराउने निर्णय गरेको हो ।
यसअघि सरकारले ७० बर्ष उमेर पुगेका व्यक्तिाई बृद्धभत्ता उपलव्ध गराउँदै आएको थियो । त्यस्तै, बैठकले भूकम्पपिडि तथा बाढिपिडितलाई तत्काल १–१ लाख उपलव्ध गराउने निर्णय पनि गरेको सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिनुभयो ।
दलित महिला तथा विपन्न बर्गलाई १ करोड सम्मपुँजी भएको संस्था दर्तामा निःशुल्क दर्ता गर्ने व्यबस्था गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्