काठमाडौं, १० माघ । जन्मँदै मोतीविन्दू भएर आँखा नदेख्ने सिन्धुलीकी अर्बिना मोक्तानको उपचारका लागि समाजसेवी उज्वलविक्रम थापाले सहयोग गर्नुभएको छ ।
आफ्ना नानीको आँखा नदेख्ने भएको थाहा पाएपछि उपचारका लागि भौतारिरहेका अर्विनाका अभिभावकलाई समाजसेवी थापाले सघाउनुभएको हो । अर्बिनाका काठमाडौंस्थित तिलगंगा अस्पतालमा उपचार भइरहेको छ । यो अभियानमा थापा सफल सावित बन्नुभएको छ ।

अर्बिनाको अहिले दुवै आँखा शल्यक्रिया भइसकेको छ । यो सबै काम समाजसेवी थापाको सहयोगमा भएको हो ।
आर्थिक अवस्था कमजोर भएकाले बुबा सुबबहादुर तामाङ र आमा अनिता तामाङलाई बालिकाको शल्यक्रिया गर्न अप्ठ्यारो परेको थियो । अर्बिनाको उपचारका लागि सिन्धुली पुनर्निर्माण पुनःस्थापन अभियानका संयोजकसमेत रहेका थापाले दुबै आँखा देख्नसक्ने बनाइदिएपछि अभिभावक दंग परेका छन् ।
समाजसेवी थापाको एकल प्रयासमा बालिकाको दुवै आँखा शल्यक्रिया गर्न रकम संकलन गरेर बालिकाको भविष्य उज्जवल बनाइदिएका छन् । मंगलबार बालिकाको सफल आँखा शल्यक्रिया भएपछि अर्बिनाले संसार हेर्न सकेकी छन् ।
कमलामाई नगरपालिका–५, मधुटार निवासी मोक्तानको उपचारमा लागेको सबै खर्च थापाले जुटाउनुभएको हो । उनको खर्चका लागि ५१ हजार रुपैयाँ लागेको समाजसेवी थापाले जानकारी दिनुभयो ।
समाजसेवी थापाको आव्हानमा बालिकाको आँखा शल्यक्रियामा काठमाडौँका राजु थापा २६ हजार, निना श्रेष्ठ ५ हजार र राधा कुवँरले ५ हजार ५ रुपैँया सहयोग गर्नुभएको थियो ।
उहाँले यसअघि पनि सिन्धुलीका गरिब दुःखी जनताका लागि महत्वपूर्ण सेवा दिँदै आउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्