ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११० जनाको को सूची– समानुपातिक प्रणालीको भद्धा मजाक, कस्ता कस्ता अनुहार छन् ? (विस्तृत विवरणसहित)


एबीसी / संवाददाता

काठमाडौं २५ मंसिर । निर्वाचन आयोगले दिएको समय सीमा शनिबार अपरान्ह ४ बजेसम्म ७ वटा राजनीतिक दलले समानुपातिक सांसदहरुको सूची बुझाएका छन्। राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेपछि संसदीय निर्वाचनले पूर्णता पाउनेछ ।

सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो।

दलहरुले समानुपानितक प्रणालीको हुर्मत लिनेगरी आफन्त, नातागोता र व्यापारीलाई समानुपातिकबाट सांसद बनाएका छन् । एमालेले प्रभु ग्रुपका प्रमुख देवी प्रसद भट्टचलनाई मोटो अािर्थक लाभ लिएर सासद बनाएको भन्दै एमाले नेता कार्यकर्ताहरुले असन्तुष्टी जनाइरहेका छन् । भट्टचन एमालेको समानुपातिक सूचीमा पर्नु अघिल्लो दिनसम्म कांग्रेसबाट उमेद्वार बन्न दौडधुप गरिरहेका थिए । उनी आजीवन कांग्रेसी कार्यकर्ता व्यापारीका रुपमा चिनिंदै आएका थिए । एमालेले समानुपातिक संसद बनाएका मा महासचिव शंकर पोखरेलकी बहिनी मेनका पोखरेलाई पनि सांसद बनाएको छ । यस अघि पोखरेल दम्पती सांसद थिए । एमालेका समानुपातिक सांसद मध्येका एकनाथ ढकाल विचित्रका पात्र हुन् । उनको नेपाल परिवार दल जिवितै छ तर उनी एमाले सांसद भएका छन् । होली वाइनका अभियन्ता ढकाल एमालेका सायैं नेता कार्यकर्तालाई उछिनेर जवजको संसदबाट व्याख्या गर्नेगरी सांसद भएर तमासा देखाएका छन् ।
एमाले समानुपातिक बाट सांसद बनेका रघुजीपन्त पटक पटक मन्त्री र सांसद बन्दै आएका थिए । उनले दश बुंदे मार्फत एमालेमा फर्काएको पुरस्कार पाएका छन् ।
कांग्रेसबाट त प्रम देउवा पत्नी आरजु राणा र गृहमन्त्री बाल कृष्ण खाण पत्नी मञ्जु खाण संसद बनेर समानुपातिक प्रणालीकै हुर्मत लिएका छन् । त्यतिमात्र होइन पटक पटक उपप्रधानमन्त्री मन्त्री भएका तर अघिल्लो निर्वाचनमा पराजित भएको विमलेन्द्र निधि र प्रकाश शरण महत समेत समानुपातिकको झ्यालबाट संसद छिरेका छन् ।
माओवादीबाट पनि अध्यक्ष प्रचण्ड निकट मानिने पटक पटक मन्त्री र सांसद भएका हितराज पाण्डे सांसद बनेका छन् ।
अझ रमाइलो त राप्रपाबाट पशुपति शमशेर राणा समेत समानुपातिको छिद्रबाट छिरेर गणतन्त्रवादी ससांसद बन्न पाउने भाग्यमानी भएका छन् ।
उता जसपाबाट नेता अशोक राईकी पत्नी शुशीला श्रेष्ठ सामानुपातिक सांसद बनेकी छन् । समावेशीताको वकलात गर्ने माओवादीर जसपाले समते समानुपातिक सिद्धान्तमाथि प्रहार गर्न अप्ठेरो मानेनन् ।

आफैंले बुझाएको बन्दसूचीको क्रम मिचेर राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् ।

 

निर्धारित समय भन्दा १० घण्टापछि राति २ बजे नाम पेस गरेको कांग्रेसले मधेस प्रदेशमा आवश्यकभन्दा बढी अल्पसंख्यकको नाम राखेको छ । दलहरूले माथिल्लो क्रमसंख्याबाट छनोट नगरी तलबाट तानेका मात्र छैनन्, पाउने सिटभन्दा बढी व्यक्तिको नाम पनि सिफारिस गरेका छन् । समावेशी समूह नमिलाएका र महिलाको संख्यासमेत नपुर्‍याई पेस भएको छ ।

 

नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकमा पेस गरेको छ ।

एमालेले पनि मधेसमा अल्पसंख्यकको नाम क्रमसंख्या मिचेर पेस गरेको छ । अल्पसंख्यकमा जैनब खातुन पहिलो प्राथमिकतामा हुनुपर्नेमा क्रमसंख्यामा तल रहेकी नाजिमा खातुनलाई सिफारिस गरिएको छ । जैनब प्रभु साहनिकट भएको र निर्वाचनमा असहयोग गरेको भन्दै उनको सट्टा नाजिमालाई सिफारिस गरेको एमाले स्रोतले जनाएको छ ।

बन्दसूचीमा समावेश भएका व्यक्तिलाई कारबाही गरेर अर्को पठाउन नमिल्ने आयोगले जनाएको छ । सांसद भएपछि भने कारबाही गर्न सकिने आयोगले दललाई सुझाव दिएको छ । माओवादीले मधेसमा मुस्लिम समुदायबाट प्राथमिकतामा १ नम्बरको नाम छनोट नगरी अर्को व्यक्तिलाई पठाएको छ ।

 

जनता समाजवादी पार्टीले मधेसमा ७ जना छनोट गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको छ । उसले मधेसी चार जना पेस गर्नुपर्नेमा ५ जनाको नाम सिफारिस गरेको छ । दलित १ जना हुनुपर्नेमा २ जनाको नाम पठाएको छ । पुरुष १ जना मात्रै चाहिनेमा मनीषकुमार सुमन र चन्द्रेश्वर सदालाई सिफारिस गरेको छ । नेपाल संघीय समाजवादी पार्टीले मधेसी महिला छनोट १ नम्बरको हुनुपर्नेमा तलतिरबाट तानेर पठाएको छ ।

प्रदेश १ मा एमालेले अल्पसंख्यकको क्रम मिचेर नाम पेस गरेको आयोगले जनाएको छ । वाग्मतीमा माओवादीले अल्पसंख्यक एक जना चाहिनेमा दुई जनाको नाम पठाएको पाइएको छ । लुम्बिनीमा माओवादीले खसआर्यमा निमबहादुर पाण्डे पहिलो प्राथमिकतामा भए पनि भक्तिप्रसाद आचार्यको नाम आयोगमा पठाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले खसआर्यबाट छनोट गर्नुपर्ने नाम थारू समूहबाट पठाएको छ  । खसआर्यबाट छनोट हुँदा नरमाया ढकाल पर्नुपर्नेमा थारू समूहबाट नोरी कुमारीलाई उसले रोजेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले महिलाको नाम आवश्यक भन्दा कम पेस गरेको छ । उसले २ जना खसआर्य महिलाको नाम छनोट गर्नुपर्नेमा दामोदर पण्डित र सुनिता चौधरीको नाम पठाएको छ । बन्दसूचीमा पेस भएको नामअनुसार छनोट हुने हो भने टीका थापा र इन्दिरा गिरीको नामा पठाउनु पर्ने थियो ।

दलहरूले बुझाएको विवरण सोमबार ४ बजेसम्म सच्याउन सकिने आयोगले जनाएको छ ।

स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ।  दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन्। उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन्।
उनले पत्रकार सम्मेलन गरी एक जना दलित महिला पठाउनुपर्नेमा पुरुष नै पठाएको बताइन्। उनी दलित महिलातर्फ पहिलो नम्बरमा थिइन्।

आदिवासी-जनजातितर्फ
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्यतर्फ
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारुतर्फ
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलिततर्फ
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशीतर्फ
गंगाप्रसाद यादव
अमृत राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

२) नेपाली कांग्रेसका समानुपातिक सांसदहरूः

आदिवासी जनजातितर्फ:
सरस्वती बजिमय
लिलादेवी बोखिम
सिता कुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा सेरचन

खस आर्यतर्फ 
अम्बिका बस्नेत
सरिता प्रसाईं
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला पौडेल
कान्तिका सेजुवाल
मैना रावल कार्की

मधेशी तर्फ
नागिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
संगिता मण्डल
निनुकुमारी कर्ण

दलित तर्फ
शान्ति विक
रुपा विक
सीता मिजार
आशा विक

थारु तर्फ 
कल्पना चौधरी
विना कुमारी थनेत

मुस्लिम तर्फबाट
जावेदा खातुन् जागा

पुरुष
जीवन  परियार (दलिततर्फ)
विमलेन्द्र निधि (मधेशतर्फ)
प्रकाशशरण महत (खस आर्यतर्फ)

३) नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस आर्यतर्फ
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

थारूतर्फ
रुपा सोसी चौधरी

दलिततर्फ
रणेन्द्र बराली
सुशिला सेर्पाली ठकुरी

मधेशीतर्फ
मीना यादव

मुस्लिमतर्फ
उमरावती देवी यादव
कल्पना मियाँ

४) राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
डा.ढाका कुमार श्रेष्ठ
इन्दिरा राना मगर
सुमना श्रेष्ठ

खस आर्यतर्फ
डोल प्रसाद अर्याल
डा चन्दा कार्की
निशा डांगी

मुस्लिम पुरुषतर्फ
असिम साह

मधेशीतर्फ
तपेश्वर यादव
मनिष झा

थारुतर्फ
अशोक चौधरी

दलिततर्फ
सन्तोष परियार
कल्पना रोक्का

पिछडिएको वर्गतर्फ
विनिता कठायत

५) राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ जना समानुपातिक सांसदः

आदीवासी जनजातीतर्फ
बुद्धिमान तामाङ
बीना लामा

खसआर्यतर्फ
पशुपतिशमशेर जबरा
रोशन कार्की
गीता बस्नेत

मधेशीतर्फ
बीना जयसवाल

दलिततर्फ
अनिसा नेपाली

६) जनता समाजवादी पार्टीका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
सुशीला श्रेष्ठ

खस आर्यतर्फ
प्रकाश अधिकारी

मधेशीतर्फ
रेखा यादव
रञ्जु ठाकुर

मुस्लिमतर्फ
सहनाज रहमान

७) जनमत पार्टीका समानुपातिक सांसदहरूः

आदिवासी जनजातीतर्फ
बिनिकुमारी दनुवार

खस आर्यतर्फ
गोमा सापकोटा

मुस्लिमतर्फ 
अब्दुल खान

मधेशीतर्फ
अनिता साह

दलिततर्फ
सोनु मुर्मुर

 

समानुपातिक प्रणालीको उपाहास, व्यापारी र नेताकै गोजीका सांसद बने (पूर्ण सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

भारतको मध्य प्रदेशको मुरैनामा वायुसेनाका दुई लडाकु विमान दुर्घटना

एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेमा शंका छैन : प्रदीप ज्ञवाली

रविको नागरिकता प्रकरण कानुनी राज्य गतिलो उदाहरण : डा. कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com