ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक प्रणालीको उपाहास, व्यापारी र नेताकै गोजीका सांसद बने (पूर्ण सूचीसहित)


एबीसी / संवाददाता

 

काठमाडौं २५ मंसिर । समानुपातिक निर्वाचन पद्धति अवसरबाट बन्चि र मार्जिनलाइज्ड समुदायको प्रतिनिधित्व गराउने प्रणाली हो । तर पहिलेझै यसपटक पनि बसै दलले समानुपातिक सांसद चयन गर्दा पैसा लेनदेनका आधारमा व्यापारी, पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु देखि अवसरको खोजीको नवप्रवेशीहरुलई प्रतिनिधिसभामा पठाएर समानुपातिक प्रणालीको उपहास गरेका छन् ।

मंसिर ४ को चुनावमा समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सांसद संख्या किटान गरी दलहरुसँग नामावली माग गरेको थियो । आयोगले मागेअनुसार शनिबार अपरान्ह नामावली बुझाएका दलहरुले यसअघि संसदमा पटक पटक अवसर पाएका, मन्त्री भइसकेका र पार्टीमा पदाधिकारी भइसकेकाहरु ले प्राथमिकता पाएका छन् ।प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिट संख्या पाएको थियो ।

जसमा एमालेबाट खस आर्य पुरुषमा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त, नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल चयन भएका छन् । त्यस्तै व्यवसायी देवीबहादुर भट्टचन, उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापा, अघिल्लो प्रतिनिधसभामा जसपाबाट सांसद रहेकी अमृता अग्रहरिले पनि यसपटक एमालेबाट समानुपातिक पद्धतिमा अवसर पाएका छन् ।

कांग्रेसबाट समानुपातिक पद्धतिमा झन् धेरै ठूला नेता छन् । पार्टी उपसभापति र उपप्रधानमन्त्री भइसकेका, पटक पटक चुनाव जितेका विमलेन्द्र निधि, पार्टी प्रवक्ता, पूर्वमन्त्री डा। प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, सभापति देउवाकी पत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सांसद सूचीमा राखेको छ ।

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष चुनाव जितिसकेका र मन्त्री पनि भइसकेका पार्टी सचिव हितराज पाण्डेलाई समानुपातिक सूचीमा राखेको छ, रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका नेता शिवपूजन रायकी पत्नी मीना यादवलाई पनि उसले सांसद बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी गत भदौमा मात्र दर्ता भएको र पहिलो पटक चुनावमा सहभागी भएका कारण उसले चयन गरेका सबै नयाँ हुन् । तर समानुपातिक पद्धतिबाट कसलाई पठाउने भन्नेमा उसको निर्णय पनि विवादरहित हुन सकेन । यसअघि उम्मेदवार चयनको सूची तयार गरिसकेको उसले विवाद भएपछि अन्तिममा प्राइमरीमा धेरै मत पाएकाहरुलाई प्राथमिकता दिएर सूची तयार गरेको बताएको छ ।

राप्रपाबाट प्रतिनिधिसभामा पूर्वअध्यक्ष, पटक पटक मन्त्री र सांसद भइसकेका पशुपतिशमशेर जबरा, पूर्वमन्त्री बुद्धिमान तामाङ, नेता रोशन कार्कीलाई चयन गरेको छ ।

जसपाबाट नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ, कार्यालय सचिव प्रकाश अधिकारी सांसद चयन भएका छन् ।

आयोगले २६ गते घोषणा गर्ने

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

कुन पार्टीबाट को को सांसद भए ?

एमालेले चयन गरेका सांसद

देवीप्रसाद भट्टचन (आदिवासी जनजाति)
हेमराज राई (आदिवासी जनजाति)
कालुराम राई (आदिवासी जनजाति)
नैनकला थापा (आदिवासी जनजाति)
सूर्यकुमारी श्रेष्ठ  (आदिवासी जनजाति)
उर्मिला थेवे (आदिवासी जनजाति)
ईश्वरी घर्ती (आदिवासी जनजाति)
रणकुमारी बलाम्पाकी (आदिवासी जनजाति)
शान्ति श्रेष्ठ (आदिवासी जनजाति)
सरस्वती सुब्बा (आदिवासी जनजाति)
रघुजी पन्त (खस आर्य)
एकनाथ ढकाल (खस आर्य)
दयालबहादुर शाही (खस आर्य)
मेनका पोखरेल (खस आर्य)
सरिता भुसाल (खस आर्य)
शोभा ज्ञवाली (खस आर्य)
विजुला रायमाझी (खस आर्य)
निर्मला कोइराला (खस आर्य)
सम्झना थपलिया (खस आर्य)
दीपा शर्मा (खस आर्य)
सुनीता बराल (खस आर्य)
आश्माकुमारी चौधरी (थारु)
शान्ति चौधरी (थारु)
ईश्वरबहादुर रिजाल (दलित)
प्रभु हजारा पासवान  (दलित)
चन्द्रबहादुर विश्वकर्मा (दलित)
रुक्मणी राना बराइली (दलित)
हर्कमाया विश्वकर्मा (दलित)
गंगाप्रसाद यादव (मधेशी)
अमृतलाल राजवंशी (मधेशी)
विना देवी (मधेशी)
अमृता अग्रहरि (मधेशी)
प्रतीक्षा तिवारी मुखिया (मधेशी)
सराज अहमद खान (मुस्लिम)

नेपाली कांग्रेस

डा. प्रकाशशरण महत (खस आर्य)
अम्बिका बस्नेत (खस आर्य)
सरिता प्रसाईं (खस आर्य)
आरजु राणा देउवा (खस आर्य)
ईश्वरी न्यौपाने (खस आर्य)
प्रतिमा गौतम (खस आर्य)
मञ्जु खाँण (खस आर्य)
रमा कोइराला पौड्याल (खस आर्य)
कान्तिका सेजुवाल (खस आर्य)
मैना रावल  (खस आर्य)
सरस्वती बजिमय (आदिवासी जनजाति)
लिलादेवी वोखिम (लिम्बू) (आदिवासी जनजाति)
सीताकुमारी राना (आदिवासी जनजाति)
सुशीला थिङ (आदिवासी जनजाति)
सपना राजभण्डारी (आदिवासी जनजाति)
माया राई (आदिवासी जनजाति)
कुसुम थापामगर (आदिवासी जनजाति)
मनोरमा शेरचन (आदिवासी जनजाति)
अञ्जनी श्रेष्ठ  (आदिवासी जनजाति)
जीवन परियार (दलित)
शान्ति विक (दलित)
रुपा विक (दलित)
सीता मिजार (दलित)
आशा विक (दलित)
विमलेन्द्र निधि (मधेशी)
नगिना यादव (मधेशी)
मुक्ताकुमारी यादव (मधेशी)
चन्दा चौधरी (मधेशी)
संगीता मण्डल (मधेशी)
जावेदा खातुन जागा (मुस्लिम)
कल्पना चौधरी (थारु)
बिनाकुमारी थनेत (थारु)

नेकपा माओवादी केन्द्र

दुर्गा राई (आदिवासी जनजाति)
मिना तामाङ (आदिवासी जनजाति)
उर्मिला माझी पौडेल (आदिवासी जनजाति)
छिरिङ ल्यामु लामा तामाङ (आदिवासी जनजाति)
हितराज पाण्डे (खस आर्य)
ज्ञानु बस्नेत सुवेदी (खस आर्य)
विमला सुवेदी (खस आर्य)
नारायणी शर्मा (खस आर्य)
रुपासोसी चौधरी (थारु)
रणेन्द्र बराली (दलित)
सुशीला श्रीपाली ठकुरी (दलित)
मीना यादव (मधेशी)
अमरावती देवी यादव (मधेशी)
कल्पना मिया (पिछडिएको क्षेत्र)

राष्ट्रिय स्वतन्त्र पार्टी

सन्तोष परियार (दलित)
शिव नेपाली (दलित)
डा. ढाकाकुमार श्रेष्ठ (आदिवासी जनजाति)
इन्दिरा राना मगर (आदिवासी जनजाति)
सुमना श्रेष्ठ (आदिवासी जनजाति)
डा. चन्दा कार्की (खस आर्य)
डोलप्रसाद अर्याल (खस आर्य)
निशा डाँगी (खस आर्य)
विनिता कठायत (पिछडिएको क्षेत्र)
लक्ष्मी तिवारी (मधेशी)
मनिष झा (मधेशी)
अशोक चौधरी (थारु)
असिम साह (मुस्लिम)

राप्रपा

पशुपतिशमशेर जबरा (खसआर्य)
रोशन कार्की (खसआर्य)
गीता बस्नेत (खसआर्य)
बुद्धिमान तामाङ (आदिवासी जनजाति)
बिना लामा (आदिवासी जनजाति)
बिना जयसवाल (मधेशी)
अनिता नेपाली (दलित)

जनता समाजवादी पार्टी

प्रकाश अधिकारी (खस आर्य)
रेखा यादव थापा (खस आर्य)
सुशीला श्रेष्ठ (आदिवासी जनजाति)
रञ्जुकुमारी झा ठाकुर (मधेशी)
सहनाज रहमान (मुस्लिम)

जनमत पार्टी

अनिता साह (मधेशी)
बिनिताकुमारी सिंह (मधेशी)
गोमा सापकोटा (खस आर्य)
अब्दुल खान (मुस्लिम)
सोनु मुर्मुर

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com