ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ प्रदेश : कुन दलले कति सिट जिते ? (सूचीसहित)


एबीसी / संवाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मतगणना अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधिसभा तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सोही अनुसार प्रदेशसभा र समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

हालसम्म प्राप्त नतिजाका आधारमा प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक तर्फ राजनीतिक दलहरुले आर्जन गरेको सिट यसप्रकार छ–

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा कुल ९३ सदस्यीय प्रदेशसभा छ, जसमा ५६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३७ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

प्रदेश नम्बर १ मा समानुपातिकतर्फ १८ लाख १३ हजार २६५ मत गणना भएको छ । जस अनुसार समानुपातिकतर्फ यो प्रदेशमा ठूलो दल बन्दै एमालेले मोटामोटी १४ सिट ल्याउने देखिएको छ । प्रत्यक्षमा एमालेले २५ सिट ल्याएको छ । एमाले प्रत्यक्ष र समानुपातिक गरी ३९ सिट हाराहारी सहित पहिलो पार्टी बनेको छ ।

प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपातिकमा १२ सिट पाउने देखिन्छ । यस आधारमा २९ सिटसहित कांग्रेस दोस्रो दल बन्दैछ । प्रत्यक्षमा ९ सिट पाएको माओवादीले समानुपातिकमा ४ सिट पाई १३ सिटमा सीमित हुँदैछ । प्रत्यक्षमा २ सिट पाएको राप्रपाले समानुपातिकमा ४ सिट पाए उसको जम्मा ६ सिट हुने देखिन्छ । यस्तै, प्रत्यक्षमा एउटा पनि सिट नजितेको जसपाले समानुपातिकमा २ सिट र प्रत्यक्षमा ३ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने देखिन्छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो र समानुपातिक मतगणनामा कांग्रेस पहिलो दल बनेको छ । कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ सदस्य निर्वाचित हुन्छन् भने समानुपातिकबाट ४३ सदस्य निर्वाचित हुन्छन् ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेस प्रदेशमा जम्मा २० लाख ७४ हजार ५६३ मत गणना भएको छ । समानुपातिक तर्फ कांग्रेस पहिलो दल, एमाले दोस्रो र जनमत पार्टी तेस्रो दल बनेको छ ।

प्रत्यक्षतर्फ १५ सिट जितेको एमालेले समानुपातिकमा ९ सिट पाउने देखिन्छ । प्रत्यक्षमा १३ सिट पाएका कांग्रेसले समानुपातिक तर्फ १० सिट पाउने देखिन्छ ।

यस्तै, प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट, प्रत्यक्षमा ९ सिट जितेको जनता समाजवादी नेपालले समानुपातिकमा ७ सिट पाउने भएको छ । प्रत्यक्षमा ४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा पनि ४ सिट पाउने देखिन्छ ।

प्रत्यक्षमा ७ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकमा ३ सिट पाउने देखिन्छ । प्रत्यक्षमा कुनै सिट नपाएको राप्रपाले समानुपातिकबाट १ सिट, नेपाल संघीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले पनि १ सिट पाउने देखिन्छ ।

बागमती प्रदेश

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने ४४ सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । बागमतीमा समानुपातिकतर्फ कुल १८ लाख २९ हजार ८१३ मत गणना भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

प्रत्यक्षमा २४ सिट पाएको कांग्रेसले बागमतीमा समानुपातिकबाट १२ सिट पाउने देखिएको छ । यस्तै, प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा १४ सिट पाउने देखिन्छ ।

यसैगरी प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ७ सिट, प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट पाउने भएको छ । प्रत्यक्षमा १ सिट जितेको नेमकिपाले समानुपातिकमा २ सिट, प्रत्यक्षमा ५ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट र प्रत्यक्षमा एक सिट जितेको हाम्रो नेपाली पार्टीले समानुपातिकमा पनि १ सिट पाउने अवस्था अहिलेसम्मको मत परिणामले देखाएको छ ।

गण्डकी प्रदेश

कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३६ सदस्य रहन्छन् भने समानुपातिकबाट २४ सदस्य निर्वाचित हुने व्यवस्था छ । यो प्रदेशमा समानुपातिकतर्फ ९ लाख २३ हजार ३७१ मत गणना भएको छ ।

यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भने कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १६ सिट जित्दा समानुपातिकमा ७ सिट पाउने देखिएको छ ।

प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा ८ सिट पाउने अवस्था छ । प्रत्यक्षमा १ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट, समानुपातिकमा राप्रपाले २, हाम्रो नेपाली पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेकपा एकीकृत समाजवादीले १ सिट पाउने देखिन्छ ।

लुम्बिनी प्रदेश

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५२ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३५ सदस्य निर्वाचित हुने व्यवस्था छ ।

हालसम्म समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । यस अनुसार प्रदेशसभामा १० पार्टीले समानुपातिक तर्फको सिट पाउन सक्ने अवस्था छ ।

हालसम्म पाएको मतको आधारमा एमालेले समानुपातिकमा १० सिट पाउने देखिन्छ भने प्रत्यक्षमा १८ सिट ल्याएको छ । प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपाकितमा ८ सिट पाउने देखिन्छ । प्रत्यक्षमा ५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट, प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा ३ सिट, प्रत्यक्षमा २ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा २ सिट पाउने देखिन्छ । यस्तै प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकमा १ सिट पाउने देखिन्छ । जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चाले एक–एक सिट पाउने अवस्था देखिएको छ ।

कर्णाली प्रदेश

कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २४ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने १६ सदस्य समानुपातिकबाट निर्वाचित हुन्छन् । यो प्रदेशमा समानुपातिकतर्फ ५ लाख ७७ हजार ८२९ मत गणना भएको छ । यो प्रदेशमा एमाले पहिलो दल, कांग्रेस दोस्रो दल, माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

प्रत्यक्षमा ५ सिट जितेको एमालेले समानुपातिकतर्फ करिब ५ सिट, प्रत्यक्षमा ९ सिट जितेको कांग्रेसले समानुपातिकमा ४ सिट, प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ४ सिट र प्रत्यक्षमा नजितेका राप्रपा, एकीकृत समाजवादी, र नेपाल मजदुर किसान पार्टीले समानुपातिकबाट एक–एक सिट पाउने पक्का भएको छ ।

सुदूरपश्चिम प्रदेश

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट २१ सदस्य निर्वाचित हुने व्यवस्था छ । यो प्रदेशमा समानुपातिक तर्फ ८ लाख ३८ हजार ८९४ मत गणना भएको छ ।

यो प्रदेशमा प्रत्यक्षतर्फ ११ सिट जितेको कांग्रेसले समानुपातिकमा ६ सिट पाउने देखिन्छ । प्रत्यक्षमा ८ सिट जितेको माओवादी केन्द्रले समानुपातिक ३ सिट पाउने देखिन्छ ।

यस्तै, प्रत्यक्षमा ५ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिक तर्फ ३ सिट, प्रत्यक्षमा ३ सिट जितेको एमालेले समानुपातिक तर्फ ७ सिट, प्रत्यक्षमा २ सिट जितेको एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com