ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट एक दम्पती, एकै जिल्लाबाट प्रत्यक्षबाट चुनाव जितेर बने सांसद


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतो दम्पतीले एकै जिल्लाबाट प्रत्यक्षमा निर्वाचन जितेका छन् ।

महासेठ र महतो धनुषाबाट चुनावमा होमिएका थिए । उनीहरु दुवैले जितेका छन् ।

जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए।

समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।

उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्।

रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन्।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन्।

जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा ४ बाट जित हात पारेका छन्।

यसपालिको चुनावमा नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए। वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं(२ मा पराजित भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा अविश्वासको वातावरण बढ्दै

पत्रकार सम्मेलन गर्दै विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज पत्रकार सम्मेलन गर्दै छन् । महासचिव विप्लवले आज दिउँसो पत्रकार सम्मेलन गर्न

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com