ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित


एबीसी / संवाददाता
मंसिर ११, २०७९ आईतबार  १ : २८ बजे

ललितपुर, ११ मंसिर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक÷एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशम्शेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गरे । त्यस्तै क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गरेकी छिन् ।

त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित भए ।

ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर २ को प्रदेशसभा १ मा  एमालेका रामेश्वर  श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पारे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गरे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर ३ को प्रदेशसभा १ मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा २ मा एमालेका प्रेमभक्त महर्जनले जित हासिल गरे । ललितपुर क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, प्रदेशसभामा निर्वाचित सदस्य रघुनाथ र प्रेमभक्तलाई मंसिर ८ गते बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

प्रतिनिधिसभामा निर्वाचित डा. कार्कीले ११ हजार १ सय ३६ मत, प्रदेशसभामा निर्वाचित रघुनाथले ९ हजार ७ सय ६६ मत र प्रेमभक्तले ९ हजार ५८ मत प्राप्त गरेकी छिन् । ९४ हजार १ सय १६ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ लाख ५० हजार ४ सय १० मतदाता रहेको यस जिल्लामा १ लाख ६५ हजार ४ सय ३८ मत खसेको जिल्ल निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

सम्बन्धित

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com