ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय बजारमा हिउँदे बिजुली निर्यात गर्न अझै ३ वर्ष कुर्नुपर्ने


एबीसी / संवाददाता

काठमाडौं, ९ मंसिर । सरकारले गत वर्षदेखि बर्खाको समयमा भारततर्फ विद्युत निर्यात गर्दै आए पनि हिउँद अर्थात् सुख्खायाममा यही अवस्था सिर्जना हुन अझै ३ वर्ष कुर्नुपर्ने सरकारी निकायले नै बताएका छन् । देशभित्र माग र आपूर्तिबीचको सन्तुलन मिलाउन भारतबाट आयात भइरहेको सन्दर्भमा हिउँदमा निर्यात गर्न केही वर्ष कुर्नुपर्ने बताइएको हो ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन डिभिजनका उपसचिव हरिप्रसाद शर्माले सुख्खायामको बिजुली भारतीय बजारमा बेच्न अझै ३ वर्ष लाग्ने बताए ।नेफेजद्वारा आयोजित ‘ऊर्जा, जलवायु सम्बन्धी प्रतिबद्धता, यसको न्यूनीकरण र कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै शर्माले भने, ‘हिउँदमा भारत निर्यात गर्ने गरी पर्याप्त विद्युत उत्पादन नभएको हुँदा हामीले अझै केही समय पर्खिनुपर्छ ।’हालै इजिप्टमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२७) मा भाग लिएर फर्केका सहभागीहरूको प्रस्तुति रहेको कार्यक्रममा शर्माले आगामी ३ वर्षपछि मात्र सुख्खा मौसममा उत्पादित ऊर्जा भारतीय बजारमा बेच्न सकिने दोहोर्याए ।

अहिलेकै अवस्थामा सन् २०२५ भन्दा अगाडि सुख्खा मौसममा भारतमा विद्युत् बेच्न सम्भव नरहेको शर्माको दाबी रहेको छ । अहिले नेपालले ४०९ मेगावाटमात्र विद्युत भारतको डे अहेड बजारमा निर्यात गर्दै आएको छ । ऊर्जा दक्षता र खपत बढाउने तर्फ गृहकार्य नगरेसम्म निर्यातलाई प्राथमिकतामा राख्न नहुने सहभागीहरूको भनाइ थियो ।

जलवायु परिवर्तनका कारण मानवजीवनमा पर्ने असरलाई न्यूनिकरण गर्न वैकल्पिक ऊर्जामा जानुपर्ने तथा पानी पनि एउटा वैकल्पिक ऊर्जा भएकोले यसलाई अन्तर्राष्ट्रिय बजारमा क्लिन इनर्जी ९स्वच्छ ऊर्जा० को रूपमा लिइएको छ । नेपाल हिमाली देश भएका कारण हिमनदीबाट आएको पानीको प्रयोग गरी समयमै जलविद्युत आयोजनाहरू निर्माण गरेर उपभोग गर्नुपर्नेमा समेत सहभागीहरूको जोड थियो ।

सर्वप्रथम औद्यौगिक क्षेत्रमा ऊर्जा खपत बढाउन फलाम, सिमेन्टलगायत कारखानाहरूमा जोड दिनुपर्ने आवाज उठ्दै आएको छ । मन्त्रालयले जलवायु परिवर्तनको असर न्यूनिकरण एवम् स्वच्छ ऊर्जा प्रयोगको मुद्दालाई ‘कोप–२१’ देखि पछ्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com