पाँचथर, ९ मंसिर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाउनुभयो । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्