ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा हो : अध्यक्ष ओली


एबीसी / संवाददाता
मंसिर ८, २०७९ बिहीबार  ३ : ३५ बजे

काठमाडौं, ८ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने,‘ स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’एमाले नेता देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली प्रमाणपत्र ग्रहण गरेपछि दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी बन्ने छन् । शुक्रबार कमल, गौरादह र गौरीगञ्जलगायतका गाउँपालिकामा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने बताइएको छ ।स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय राजधानीमै ठूला भनिएका पार्टीहरूलाई धक्का दिएको छ । काठमाडौं उपत्यकाका १५ मध्ये ५ मा यस पार्टीले जित हात पारेको छ । काठमाडौं(२ बाट सोबिता गौतम, काठमाडौ(६ बाट शिशिर खनाल, काठमाडौं(७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठले जितेका छन् ।

त्यस्तै ललितपुर–३ मा पनि रास्वपा उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । चितवन–२ मा पार्टी सभापति निकटतम् प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतले विजयी भएका छन् । त्यस्तै सुनसरी–१ र चितवन–१ मा पनि रास्वपा उम्मेदवार अग्रस्थानमा छन् । समानुपातिकतर्फ पनि रास्वपा तेस्रो स्थानमा रहेको छ ।सञ्चारकर्मीका रूपमा परिचित रवि लामिछानेले २०७९ असार ७ गते यो पार्टी गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

सम्बन्धित

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै 

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com