काठमाडौं, ७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ।कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो। पर्सा–१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो। कर्णले ११ सय १७ मत मात्रै ल्याएका हुन्। उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।कर्णसहित १९ जनाको जमानत जफत भएको छ। पर्सा१ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। कांग्रेस नेता द्विवेदीले बागी उम्मेदवारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्