ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा मनोनयन दर्ता


admin

काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनका लागि आज सातवटै प्रदेशमा मनोनयन दर्ता हु“दैछ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउन सक्ने छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ताका लागि उम्मेदवारहरुले नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्ने प्रावधान छ । मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको विरोधमा भोलि उजुरी दिन सकिने छ । उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, उम्मेदवारी फिर्ताका लागि समय दिइने छ । १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।

मतदान भने माघ २४ गते १० देखि ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउ“, नगर, महानगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाको सांसद मतदाता रहनेछन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com