भक्तपुर, माघ ९ । नेकपा एमालेले राष्ट्रिय सभाका लागी सबै उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज दोस्रो दिनपनि बसेको स्थायी कमिटिको बैठकले थप रहेका प्रदेशका उम्मेदवार पनि चयन गरेको हो ।
प्रदेश १ बाट परशुमेघी गुरुङ उम्मेदवार बनेका छन् । तर, जगन्नाथ खतिवडाले टिकट पाएनन् । पार्टीको निर्देशनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको टिकट वाम तालमेलका कारण खोसिएको थियो । उनी राष्ट्रियसभा सदस्यका दाबेदार थिए । तर, खुलातर्फ एमालेले पाएको दुई सिटमा परशुमेघी गुरुङ र हरिचरण सिवाकोटी छनोट भएका छन् ।
एमालेले छनोट गरेका उम्मेदवार मध्ये अधिकाशं नया अनुहार रहेका छन् । यसअघि सोमबार बसेको बैठकले ५, ६ र ७ प्रदेशका उम्मेदवार चयन भएको थियो ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ–
प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रतिक्रिया दिनुहोस्