काठमाडौं स् सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको छ।
पर्साको ठोरी गाउँपालिका–७ घर भइ जडीबुटी बस्दै आएका मोटरसाइकल चालक ४५ वर्षीय कुमार राई र श्रीमती ३८ वर्षीया मेनुकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
शुक्रबार अपराह्न भएको दुर्घटनामा गम्भीर घाइते भएका कुमारको राति पौने ८ बजे र मेनुकाको शनिबार बिहान करिब ३ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
ना ३ ख ५२४७ नम्बरको ट्रकले राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस्