ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री


एबीसी / संवाददाता

काठमाडौं, २ मंसिर । उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।

सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठूयँुमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com