ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वागमती ३३ मध्ये २३ सिट क्लियर, १० सिटमा सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा


एबीसी / संवाददाता

काठमाडौं १ मंसिर । आम निर्वाचन २०७९ को अन्तिम स्थिति आइपुग्दा बागमती प्रदेशका परिणाम कस्तो आउला ? भन्ने सबैको चासो बनेको छ । देशकै राजधानी रहेको यो प्रदेशका १२ जिल्लाका २८ प्रतिनिधिसभा सदस्यको चुनावी नतिजाको स्थितिबारे सबैको चासो हुनु स्वभाविक हो । बागमती प्रदेशमा चितवनमा रवि लामिछानेको उम्मेदवारीका कारण बढी चर्चा छ । त्यस्तै, पटक–पटक सांसद जितेका विरोध खतिवडालाई महेश बर्तौलाले टक्कर दिएकाले मात्र नभई कमल थापा सूर्य चिन्हबाट निर्वाचनमा होमिएकाले मकवानपुर पनि चर्चामै छ । त्यसो त पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २ बाट चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका घर्तीका लागि बाहिरबाट आएका उम्मेदवार भएकाले गठबन्धनकै उनीमाथि अविश्वास छ ।
काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रदीप पौडेल लगायत स्वतन्त्र उम्मेदवारहरुको कडा चुनौती छ । वरिष्ठ नेताको उम्मेदवारीमाथि युवाहरुको टक्करले यो क्षेत्र पनि चर्चामा छ । काठमाडौं १ मा नेकाका प्रकाशमान सिंहलाई यसपटक निकै चुनौती छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएर आच्छुआच्छु पारेका रविन्द्र मिश्रले यसपटक राप्रपाबाट उम्मेदवारी दिएर मात्र नभई एमालेका युवा नेता किरण पौडेल, चर्चित पूर्वडीआइजी रमेश खरेलसमेतको कडा चुनौती छ । त्यस्तै, काठमाडौं ६ मा पूर्वआइजीपी सर्वेन्द्र खनालको उम्मेदवारीले चर्चामा छ । त्यस्तै, काठमाडौं ७ मा बाबुराम भट्टराईकी छोरी मानुषी यमिको उम्मेदवारीले चर्चामा छ । यो प्रदेशमा काठमाडौं उपत्यकाका १५ सिट बाहेकमा सत्ता गठबन्धन हावी छ भने काठमडौं उपत्यकाको ललितपुर क्षेत्र नं ३ मा माकेकी बहालवाला मन्त्री पम्फा भुसाललाई जित निकाल्न फलामको च्युरा चपाए सरह भएको छ । दोलखा २०७४ को निर्वाचनमा देशकै सबैभन्दा धेरै मतान्तरले एमालेका पार्वत गुरुङ विजयी भएको दोलखामा यसपटक एमालेले आफ्नो वर्चश्व जोगाउन हम्मेहम्मे परिरहेको छ । यसपटक सत्ता गठबन्धन छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा गठबन्धनको तर्फबाट माकेका गंगा कार्की उम्मेदवार छन् । एमालेबाट बालकृष्ण सिवाकोटी उम्मेदवार छन् । कार्की र सिवाकोटीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रामेछाप बाम गठबन्धनबाट उम्मेदवारी दिँदा २०७४ को निर्वाचनमा माकेका श्यामकुमार श्रेष्ठले जितेको रामेछापमा यसपटक त्यसबेलाकै प्रतिस्पर्धी नेकाका पूर्णबहादुर तामाङलाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ । यो क्षेत्रमा एमालेबाट कैलाश ढुंगेल प्रतिस्पर्धी छन् । यो क्षेत्रमा नेका अगाडि देखिएका छन् । सिन्धुली दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धनले एक–एक निर्वाचन क्षेत्र बाँडेको छ । क्षेत्र नं। १ मा कांग्रेस र २ मा माकेले उम्मेदवारी दिएका छन् । क्षेत्र नं। १ बाट नेकाका श्यामकुमार घिमिरे र २ बाट माकेका राजन दाहालको उम्मेदवारी छ । एमालेबाट १ मा प्रदीप कटुवाल र २ मा मनोजजंग थापाको उम्मेदवारी छ । सिन्धुली १ मा घिमिरे र कटुवालबीच प्रतिस्पर्धा छ । यसअघि प्रदेशसभा सदस्यमा पनि घिमिरे र कटुवालबीच प्रतिस्पर्धा थियो । कटुवालले जितेका थिए । कटुवाल नियमित जनताको घरदैलोमा पुग्ने नेताका रुपमा परिचित छन् भने घिमिरे महोत्तरीबाट आएर चुनाव लडेको भन्दै उज्वल बराल लगायत घिमिरेसँगै प्रतिस्पर्धी ५ भाइले विज्ञप्ति नै निकालेका थिए । यो क्षेत्रमा गठबन्धनले इमान्दारितासाथ भोट हालेमा घिमिरे विजयी हुनेछन्, होइन भने कटुवाल । माओवादीको गढका रुपमा चिनिएको सिन्धुली २ मा जिल्लामा चर्चित माकेका नेता राजन दाहाल र एमालेबाट बौद्धिक नेता मनोजजंग थापाबीच प्रतिस्पर्धामा छ् । स्थानीय तहको परिणामअनुसार गठबन्धन अघि छ । गठबन्धनबीचको असन्तुष्टिलाई व्यवस्थापन गर्न सकेमा दाहालका लागि जित सहज छ । रसुवा २०७४ मा पनि जितेका नेकाका मोहन आचार्य यसपटक पनि सत्तागठबन्धनको तर्फबाट नेकाबाट उनै उम्मेदवार छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा यसपटक आचार्यसँग एमालेका छेवाङ तेन्जिङ लामाले प्रतिस्पर्धा गर्दैछन् । यसअघि एमालेले जनार्दन ढकाललाई उठाएको थियो । चार हजार मतान्तरले विजयी भएका ढकालका लागि यसपटक माओवादीसँग गठबन्धन रहेकाले जित सहज हुने अनुमान गरिएको छ । तथापि, एमालेका लामा पनि कमजोर भने छैनन् । धादिङ दुई निर्वाचन क्षेत्र रहेको धादिङमा सत्ता गठबन्धनले एक एक क्षेत्र भाग लगाएको छ । क्षेत्र नं १ मा गठबन्धनले बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री समेत रहेका एसका राजेन्द्रप्रसाद पाण्डेले उठाएको छ भने यसअघि पनि जितेका एमालेबाट भुमिप्रसाद त्रिपाठीले पाण्डेसित प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै, क्षेत्र २ मा सत्ता गठबन्धनबाट नेकाका रामनाथ अधिकारीको उम्मेदवारी छ । उनलाई एमालेका खेमप्रसाद लोहनीले टक्कर दिइरहेका छन् । यो क्षेत्रमा नेका अगाडि देखिएको छ । नुवाकोट नुवाकोटमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र १ मा सत्ता गठबन्धनबाट माकेका हितबहादुर तामाङ पुनः निर्वाचन प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा पनि जितेका तामाङलाई एमालेका बद्री मैनालीले टक्कर दिँदैछन् । यो क्षेत्रमा गठबन्धनका कारण माकेका तामाङ अगाडि देखिएपनि यसअघि पनि जितेर पनि विकास नगरेको भन्दै सर्वसाधारणले समेत खेदेका थिए । नुवाकोट क्षेत्र २ मा यसअघि प्रतिस्पर्धामा रहेका नेकाका अर्जुन नरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनबाट केसी र एमालेले खतिवडालाई चुनावी मैदानमा उतारेको छ । केसीलाई यसअघिको निर्वाचनमा १० हजार बढी मतले खतिवडाले पराजित गरेका थिए । काठमाडौं १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको क्षेत्र १ मा यसअघि पनि जितेका नेकाका प्रकाशमान सिंह यसपटक पनि गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएर ८१८ मतले पराजित भएका रविन्द्र मिश्र यसपटक भने राप्रपाबाट उम्मेदवार छन् । यहाँ एमालेका युवा नेता किरण पौडेलको आकर्षक सक्रियताले चुनावी माहोल रोचक बनेको छ । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको क्षेत्र २ मा यसपटक पूर्वसभामुख ओनसरी घर्तीमगर माकेको तर्फबाट चुनावी मैदानमा छन् । उनलाई एमालेका मणिराम फुयालले टक्कर दिइरहेका छन् । स्थानीय निर्वाचनमा गठबन्धनको मत बढी देखिएपनि बाहिरबाट आएर निर्वाचन उठेको भन्दै घर्तीमगरलाई कठिनाइ रहेको छ । यहाँ कडा प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौं ३ मा यसअघि जितेका एमालेका कृष्णबहादुर राई यसपटक पनि उम्मेदवार छन् । राईलाई नेकाका सन्तोष चालिसेले चुनौति दिइरहेका छन् । यहाँ चालिसे अघि देखिएका छन् । यसअघिको निर्वाचनमा पनि प्रतिस्पर्धी रहेका नेकाका गगन थापा र एमालेका राजन भट्टराईबीच काठमाडौं ४ मा यसपटक पनि प्रतिस्पर्धा हुँदैछ । यहाँ नेका अघि देखिएको छ । काठमाडौं ५ मा यसअघि पनि जितेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र तनहुँका नेका नेता प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । स्वतन्त्रहरुको पनि उत्तिकै उम्मेदवारी रहेको यो क्षेत्रमा एमालेका पोखरेल जित नजिक देखिएको छ । काठमाडौं ६ मा यसअघि पनि जितेका नेकाका भिमसेनदास प्रधानलाई एमालेको तर्फबाट पूर्वआइजीपी सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा यसपटक निर्वाचन रोचक देखिएको छ । नेकाका प्रधान अघि देखिएका छन् । काठमाडौं ७ मा सत्ता गठबन्धनको तर्फबाट माकेका मानुषी यमि भट्टराई, एमालेका श्यामकुमार घिमिरे र जसपाका राजेन्द्र श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा छ । यो क्षेत्रमा मानुषी अघि देखिएका छन् । त्यस्तै, काठमाडौं ८ मा जसपाका जीवनराम श्रेष्ठ, एमालेका शिवसुन्दर राज वैद्य र स्वतन्त्र उम्मेदवार सुमन सायमीबीच कडा प्रतिस्पर्धा देखिएको छ । काठमाडौं ९ मा गठबन्धनको तर्फबाट माकेका कल्पना धमला र एमालेका यसअघि पनि जितेका कृष्णगोपाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका श्रेष्ठका लागि जित सहज बनेको छ । काठमाडौं १० मा यसअघि पनि प्रचण्डलाई पराजित गरेका नेकाका राजेन्द्र कुमार केसी यसपटक पनि मैदानमा छन् । उनलाई एमालेका हिमेश केसी र माकेका अन्जना विसंखेले टक्कर दिइरहेका छन् । तथापि यहाँ नेकाका केसी अघि देखिएका छन् । भक्तपुर दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको १ नम्बर क्षेत्रमा यसअघि जितेका प्रेम सुवाल यसपटक पनि नेमकिपाबाट उम्मेदवार छन् । यो क्षेत्रमा एमालेका नवराज गेलाल प्रतिस्पर्धी छन् । यहाँ सुवालले जित निकाल्ने देखिन्छ । भक्तपुर २ मा एमालेका महेश बस्नेत र नेकाका दुर्लभ थापाबीच चुनावी प्रतिस्पर्धा छ । यहाँ एमालेका बस्नेत जित नजिक छ । ललितपुर यसअघि जितेका एमालेका नवराज सिलवाल र नेकाका उदय शम्शेर राणाबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । गठबन्धन मतको आधारमा नेका अघि देखिन्छ । ललितपुर २ मा यसअघि एमालेबाट विजयी भएका कृष्णलाल महर्जन यसपटक नेकपा एसबाट चुनावी मैदानमा छन् । एमालेबाट प्रेमबहादुर महर्जन चुनावी मैदानमा छन् । यहाँ एमाले अघि देखिएको छ । अन्य जिल्लाको अवस्था काभ्रे दुई वटै जिल्लामा गठबन्धन अघि देखिएका छन् । त्यस्तै, सिन्धुपाल्चोक १ मा गठबन्धन र २ मा एमाले अघि देखिएका छन् । मकवानपुर १ मा गठबन्धन अघि देखिएका छन् । २ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ । त्यस्तै, चिवतनका तीन निर्वाचन क्षेत्र अस्थिर देखिएको छ । ती क्षेत्रहरुमा फोहोरी राजनीति देखिएको छ । यी तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com