काठमाडौं, २४ कात्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा प्रदेशसभा र सदस्य निर्वाचनअन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्र रहेको छ । ७२ हजार १ सय ७३ मतदाता रहेको काठमाडौं क्षेत्र ९ नम्बर चुनावी संरगर्मी बढ्ेको छ ।
यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता, सरसफाई, फोहोर व्यवस्थापनदेखि स्वच्छ वातावरणसम्मको सबै क्षेत्रमा कम्तीमा एउटा–एउटा नमुना काम सुरु गर्ने लक्ष्य रहेको भन्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो प्रचार प्रशार तथा घरदैलो कार्यक्रमलाई अघि बढाएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब केही दिन बाँकी छ । उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा निस्किएपछि चुनावी माहोल काठमाडौं क्षेत्र नं. ९ को माहौल तातेको देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ बाट निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला र २०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका विबेकशिल साझा पार्टी नेपालका प्रमुख मिलन पाण्डे मुख्य प्रतिस्पर्धी देखिएका छन् । त्यसो त यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी मैदानमा रहेकाछन । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँबाट श्रेष्ठ निर्वाचित भएका थिए ।
यस्तै धादिङकी नेत्री धमला यो क्षेत्रका लागि नयाँ उमेदवार हुन् । ०७४सालमा वाम गठबन्धनको साझा उम्मेदवार भएर जितेका श्रेष्ठलाई यसपटक भने निर्वाचित हुन सहज देखिदैन यता पाँच दलीय सत्ता गठबन्धनको साथमा उम्मेदवार दिएकी धमला निर्वाचित हुन गठबन्धनकोसाथको भर पनु पर्ने देखिन्छ । अहिले सत्ता गठबन्धनकी साझा उमेदवार धमला ०६४ को पहिलो संविधानसभा निर्वाचनमा धादिङ–२ बाट निर्वाचित भएकी थिइन् । उनी दोस्रोपटक संसद् छिर्ने तयारीमा छन् । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार कृष्ण गोपाले काठमाडौ क्षेत्र नम्बर १० को धरहरादेखि दहचोकको भ्यूटावर, कालुपाण्डे समाधिस्थलसम्म हेर्दा हिजोको ९ नम्बरको क्षेत्र र आजको ९ नम्बरको क्षेत्रमा नयाँ परिवर्तन मतदाताहरूले महसुस गरिरहेका समेत बताउछन । पाँच वर्षमा गरेका कामको आधारमै मतदाताहरूले निर्वाचित गने समेत बताउछन । अबको पाँच वर्षको सन्दर्भमा काम गर्दा गर्दै धेरै काम बाँकी रहेकोल र ती बाँकी रहेका कामलाइ निरनतरतन दिन आश्वयकता रहेको श्रेष्ठ बताउछन । यस क्षेत्रमा बाटाघाटा अपूर्ण अवस्थामा रहेको र खानेपानी, शिक्षा, स्वास्थ्यका योजना अपूरा र विकार निर्माणका काम गर्न मतदाताले श्रेष्ठलाइ मत दिने दाबी गरे । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य लागि गठबन्धनको तर्फबाट काठमाडौं ९ को साझा उम्मेदवार कल्पना धमलाले आधुनिक विकाससँग थपिएका आवश्यकतालाई जोडेर यस क्षेत्रको विकासको मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड दिने बताइन । घरदैलो कार्यमा जनताबाट राम्रो प्रतिक्रिया पाएको र आफु निर्वाचित हुने उनले विश्वास समेत व्यक्त गरिन ।
ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्न, नेवार समुदायको बाहुल्य रहेको यस क्षेत्रमा उक्त समुदायको पहिचान कायम हुने गरी ऐतिहासिक साँस्कृतिक सहर बनाउने मुख्य योजन रहेको उनको भनाइ छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ट्रमा सेवासहितको सुविधासम्पन्न अस्पताल, युवाहरुको रोजगारी र उद्यमशीलतासँग जोड्ने लगायतका कामहरु बढाउन आफु सँग योजना भएकाले जनताले निर्वाचित गर्ने उनले बताइन । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता, सरसफाई, फोहोर व्यवस्थापनदेखि स्वच्छ वातावरणसम्मको सबै क्षेत्रमा कम्तीमा एउटा–एउटा नमुना काम सुरु गर्ने लक्ष्य रहेकोले पनि मतदाताले आफुलाई जिताउने दावी गरिन् । यसपटक सत्तारुढ गठबन्धनकी उम्मेदवार कल्पना धमलाले यस क्षेत्रको विकास र समृद्धिको साथै नागरिकहरुको समस्याहरुलाई समाधान गर्न आफुले जित्ने दावी गरेकि छिन् । उनलाइ सत्तारुढ गठबन्धनको साथ भएको हुदा उनिले जित्ने सम्भावन भने बलियो रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं ९ मा ७२ हजार १ सय ७३ मतदाता रहेका छन् । यी मतदाताले नै श्रेष्ठ, धमला वा पाण्डेमध्ये कसैलाई संसद्मा आफ्नो प्रतिनिधि पठाउने कि स्वतन्त्र वा अन्य साना दलका उम्मेदवारलाई चुन्ने भन्ने निर्क्योल मंसिर ४ मा गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्