ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै : यस्तो छ उम्मेदवारको जित्ने आधार (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, २३ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल बढे सँगै ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै गएको छ । ९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । ती क्षेत्रमा भएका सम्पदाको संरक्षण ,बेरोजगारी समस्या, स्वास्थ्य,खानेपानी लगाएतका समस्याको समधान गर्नै भन्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो प्रचार प्रशार तथा घरदैलो कार्यक्रमलाई तदारुकताका साथ अघि बढाएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । यस्तै ललितपुर क्षेत्र नम्बर ३ पनि चुनाव मय बन्दै गएको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भएकी पम्फा भुसाल यस पटक सत्ता गठबन्धन तर्फबाट फेरी पनि प्रतिस्पर्धामा रहेकी छन । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यअन्तर्गत सरकार र संसद्को लामो अनुभव बोकेकी माओवादीकी भुसाल चार पटक मन्त्री र तीन पटक सांसद समेत बनेकी छन । अघिल्लोपटक वामगठबन्धनमा चुनाव जितेकी भुसाललाई यसपल्ट सत्ता गठबन्धनको साथ छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ लोकप्रिय रहेका कारण भुसाललाई चुनौती दिन सक्ने कतिपयको आँकलन छ ।

भुसालको अर्का प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उपमहासचिव एवं ऊर्जामन्त्री भुसाल र एमालेका खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्की सहित २० जनाको उम्मेदवारी रहेको ललितपुर क्षेत्र नम्बर ३ को निर्वाचनलाई चासोका साथ हेरिएको छ । राजनीतिक दलमा स्थापितसँगै भिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरूको उम्मेदवारीले पनि यो क्षेत्रको प्रतिस्पर्धालाई रोचक बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं. ३े प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन ।

मन्त्री भुुसाले भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ,बेरोजगारीको समाधान ,जनताको जीवनस्तरमा अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल बनाउन जोड दिने बताइन । यो क्षेत्रमा अझै अपुराकामलाइ पुरा गर्न र थप विकास निर्माणका काम गर्न बाकी रहेको र यस क्षेत्रका जनताले भुसाललाई निर्वाचित गर्ने विश्वास व्यक्त गरिन । नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्काले जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको बताउदै आएका छन् । विगतमा यस क्षेत्र निर्वाचित भएकाहरुले सडक, खाने पानी स्वास्थ्य, बरोजगार लगायतका समस्याको समाधान गर्न नसकेको दाबी समेत गरे ।

ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका दुई गरी २२ वटा वडा रहेको यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकासलगायत विषयमा विकासका काम हुन नसकेको उम्मेदवारहरुको टिप्पणी गदै आएका छन । ९४ हजार ११४ मतदाता रहेको सो क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । यि सम्पदाको संरक्षण र प्रवद्धनमा सहयोग पु¥याउने तथा यस क्षेत्रका जनताको जीवन स्तर उकास्ने र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने उम्मेदवारहरुले मुख्या एजेण्डा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

आज सहिद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

  काठमाडौं १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com