काठमाडौं, १६ कात्तिक । बुद्ध एयरको एक विमानले काठमाडौंबाट विराटनगरसम्म एकजना यात्रुलाई मात्र सेवा दिएको छ । मंगलबार साँझ ८ बजेको उडानमा एक जनामात्र यात्रु भएपछि उनैलाई लगेर विमान काठमाडौंबाट विराटनगर गएको हो । पूरै विमानमा एकल यात्रा गरेका उद्वव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।सामाजिक सञ्जालमा उनले लेखेका छन्, काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उमेदवार समेत छन् ।








प्रतिक्रिया दिनुहोस्