नवलपुर १५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिब दिनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताउनु भएको छ ।
पाँचदलीय गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज नवलपुरको क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता प्रशिक्षणकार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नु भयो ।
उहाले प्रचण्ड र गिरिजा प्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राख्नु भयो ।
उहाँ ले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने आजको आवश्यकता भएको बताउदै एक ढिक्का भएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गठबन्धन का कार्यकर्ता एवं नेताहरूलाई आग्रह गर्नु भयो । अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताएर लोकतन्त्र को रक्षा हुन सक्ने धारणा राख्नु भयो ।
नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहाले भन्नू भयो ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’ संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गर्नु भयो । नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले संविधान लोकतन्त्रको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको बताउदै संबिधानको रक्षा गर्ने दायित्व गठबन्धन मा आएको बताउदै एक भएर निर्बाचमा होमिन कार्यकर्तालाई आग्रह गर्नु भयो ।








प्रतिक्रिया दिनुहोस्