काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको अवैध संरचनामा डोजर चलेको छ ।काठमाडौं महानगरपालिकाले आज बिहान थापाथलीको सुकुम्बासी बस्तीनजिकै रहेको अबैध संरचनामा डोजर चलाएको हो । सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको महानगरपालिकाले जनाएको छ ।
पुजारी बस्ने घर पनि खाली गराएको छ ।यसअघि महानगरले हिजो थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो । महानगरले कुनै विकल्प नदिई ठेलागाडा हटाएको भन्दै महानगरको विरोध हुन थालेको छ।








प्रतिक्रिया दिनुहोस्