काठमाडौं । सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाका ८ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ ।
शनिबार बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको छलफलले लोसपाले प्रतिनिधिसभाका ८ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।
कुन–कुन क्षेत्र लिने भनेर अझै छलफल जारी रहेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो । लोसपालाई ८ सिटमा मनाएपछि कांग्रेसको भागमा ९० सिट परेको छ ।
गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट लिएर सहमति भइसकेको छ ।







प्रतिक्रिया दिनुहोस्