ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा


एबीसी / संवाददाता
आश्विन १३, २०७९ बिहीबार  १२ : १८ बजे

काठमाडौं, १३ असोज । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गर्नुभयो । पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

होटल एशोसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका तर्फबाट एक–एक बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ । यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाइसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले पर्यटन दिवसमा विद्युतीय गाडी तुरून्त सञ्चालन गर्न निर्देशन दिएपछि हरियो नम्बर प्लेटका लागि प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा बिजुली बस ल्याइएको थियो ।

सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत तीन वर्षदेखि थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन ।

यसअघि प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

तत्कालका लागि पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको थियो । थन्किएका बस निःशुल्करूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

मङ्गलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा केही दिन चार्जिङ स्टेशन र गाडीको मेसेरेनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । रु १२ करोडका पाँचवटा बस र १४ वटा भ्यान ९ट्याक्सी० एडिबीले तीन वर्षअघि दिएको थियो ।

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्टसमेत जडान भएको छ । बस सञ्चालन नहुँदा त्यो परियोजनासमेत खेर गइरहेको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने प्रक्षेपण गर्दै सरकारले एडिबीसँग विद्युतीय बस अनुदान सहयोगका लागि पत्र लेखेको

प्रतिक्रिया दिनुहोस्

भर्खरै

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सम्बन्धित

आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर: मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com