ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १२ असोज ।  सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस यस वर्ष पनि मनाइएको छ । कोभिड पछिको विश्वमा पर्यटनलाई पुर्नबिचार गर्नका लागि विश्व समुदायलाई अपिल गर्दै ४३ औं विश्व पर्यटन दिवस २०२२ मनाइएको छ । पर्यटन क्षेत्रमा उज्ज्वल भविष्य बोकेको नेपालको प्राकृतिक सौन्दर्य र विविधता, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिँदै पर्यटन दिवस मनाइएको हो ।नेपालको प्राकृतिक सौन्दर्य र विविधता, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिँदै देशका विभिन्न स्थानमा पर्यटन दिवस मनाइएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्ले काठमाडौंमा प्रभातफेरी गरेको थियो । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा र्याली गरिएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संघसस्थाका व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनका अनुसार आज स्थानीय र विभिन्न संघसंस्था तथा क्लबहरुसँग मिलेर सांस्कृतिक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम समेत गरिएको जानकारी दिए । त्यस्तै लायन्स क्लव काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भएपनि फाइदा लिन नसकेको बताए । उनले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन मनाएको बताए ।

दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको थियो । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको थियो । कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पर्यटन दिवसको दिन विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको थियो ।

त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवद्र्धनको बारेमा छलफल गरिएको बताए ।

पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको थियो । पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्रबैंक चोक स्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरीएको थियो । नेपालको अर्थतन्त्रको एउटा मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र कोरोना महामारीपछि पुन पुरानै लयमा फर्किदैँ छ । हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउने गर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट लिनुपर्ने उचित लाभ अझै लिन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

सम्बन्धित

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com