ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नाममा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा


एबीसी / संवाददाता

काठमाडौं,३ असोज ।  सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो ।

सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५० प्रतिशत स्वामित्व सिभिल सहकारीको थियो । र, सो जग्गा खरिद गर्न जग्गाधनीलाई सहकारीबाट नै भुक्तानी भएको थियो । तर, सो भवनको स्वामित्व सहकारीको नभई आफ्नो भएको दाबी तामाङले गर्न थालेका छन् । कागजात अनुसार सिभिल बिजनेस कम्प्लेक्स प्रालिको ५० प्रतिशत स्वामित्व सिभिल सहकारी भएको देखिन्छ । बाँकी ५० प्रतिशत सेयर स्वामित्व लालकाजी गुरुङ र मीना गुरुङको नाममा देखिन्छ । सहकारी स्रोतका अनुसार सो जग्गा लालकाजी गुरुङ र मिना गुरुङको नामा थियो भने त्यसको मूल्यांकन ३४ करोड रुपैयाँ गरी आधा रकम सिभिल सहकारीले तिरेर ५० प्रतिशत सेयर स्वामित्व लिएको थियो ।

सहकारी संस्थाबाट रकम भुक्तानी गरिएर खरिद गरिएको जग्गा र त्यसमा बनेको भवनको दाबी अहिले तामाङले गरेका छन् । सहकारीको नाममा सेयर भए पनि सेयर बापतको रकम सहकारीले भुक्तानी नगरेको दाबी तामाङले गरेका छन् । सो प्रालिको लागि खरिद गरिएको जग्गा र भवनको रकम आफूले तिरेको दाबी तामाङको छ । तामाङले सिभिल बिजनेस कम्प्लेक्समा सिभिल सहकारीको नाममा रहेको ५० प्रतिशत सेयर दाबी गरेपछि सो प्रालिका अन्य सेयरधनीले तामाङ र सहकारी दुवैको सेयर नभएको अर्को दाबी गरेका छन् । सिभिल बिजनेस कम्प्लेक्स प्रालिको ५० प्रतिशत सेयर स्वामित्व भएका लालकाजी गुरुङ र मीना गुरुङले सिभिल बिजनेस कम्प्लेक्समा आफूहरूको मात्रै सेयर भएको (सिभिल सहकारी वा इच्छाराज तामाङको सेयर नभएको) दाबी गरेका छन् ।

यस्तै, सुन्धारामै रहेको सिटीसी मल र सिभिल लक्जरी होटल रहेको १२ रोपनी जग्गाको स्वामित्व पनि सिभिल सहकारीबाट हटेको छ । सिभिल सहकारीबाट ५० करोड रुपैयाँ तिरेर पवित्र डेभलपर्सबाट खरिद गरिएको सो जग्गा र भवन अहिले सिभिल सहकारीको स्वामित्वमा छैन ।

‘सिभिल सहकारीबाट ५० करोड रुपैयाँ तिरेर पवित्र डेभलपर्सबाट किनिएको १२ रोपनीमध्ये ६ रोपनी जग्गामा सीटीसी मल र ६ रोपनी जग्गामा सिभिल लक्जरी होटल खोलिएको थियो, यी दुवै सम्पत्तिमा सिभिल सहकारीको ४० प्रतिशत, लालकाजी गुरुङको २० प्रतिशत र सिभिल सहकारीका तत्कालीन सञ्चालकहरूको ४० प्रतिशत सेयर स्वामित्व रहने कागजात भेटिन्छन् तर सिभिल सहकारीले जग्गा सो जमिन स्वामित्व भएको छैन भने जग्गा किन्दा दिएको रकमको पनि कुनै हिसाबकिताब छैन,’ सहकारीका एक पीडितको गुनासो । यता सिभिल सहकारीको केन्द्रीय कार्यालय रहेको सोल्टीमोडको जग्गा र भवन पनि तामाङको कम्पनी सिभिल ग्रुपलाई विक्री गरेको कागजी प्रक्रिया पूरा गरिएको आरोप पीडितले लगाएका छन् ।

सोल्टीमोडमा सिभिल सहकारीले खरिद गरेको ३ रोपनी जग्गामा सहकारीको केन्द्रीय कार्यालय छ ।‘सोल्टीमोडको ३ रोपनी जग्गा र सिभिल सहकारी भएको भवन समेत ८ करोड रुपैयाँमा सिभिल ग्रुपले खरिद गरेको देखाइएको रहेछ, सहकारीको सम्पत्ति व्यक्तिगत वा निजी कम्पनीमा सारेर बचतकर्तालाई रकम फिर्ता नगर्ने नियतका साथ काम भएको पाइयो,’ एक पीडितले भने । सिभिल सहकारीको विभिन्न स्थापनमा गरी ३५० रोपनी जग्गा खरिद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com