काठमाडौं, २ असोज। ‘निलम्बित’ प्रधानन्यायाशीध चोलेन्द्रशम्शेर राणालाई बालुवाटारस्थित निवासबाट निस्कन निषेध गरिएको छ । आज सर्वोच्च अदालत जाने तयारी गरेकाले उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन निषेध गरेको स्रोतले बतायो।
चोलेन्द्र निस्कने गेटैमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए ।
सर्वोच्चमा पनि उनलाई रोक्न कडा सुरक्षा व्यवस्था गरिएको छ । तर, माथिको आदेशमा उनलाई बालुवाटारस्थित प्रधानन्यायाधीशस्थित निवासमै रोक लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस्