काठमाडौ., १ असोज । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।कमलबजार नगरपालिका– ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।
ढकारी गाउँपालिका– ६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताउनुभयो। उहाँका अनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्